बैंकिङ क्षेत्रमा लोभ लालच र प्रशिक्षणको अभावले बैंकका कर्मचारीबाट गोप्य राखिनुपर्ने सूचनाहरु सार्वजनिक हुने गरेका छन् । हालै भएको बैंकिङ घोटाला प्रकरणमा पनि ग्राहकहरुको पहिचान तथा फोटो बैंककै कर्मचारीबाट वितरण गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । यसको थप अनुसन्धानका लागि १९ वटा बैंकका सिइओ र संचालकमाथि छानविन भइरहेको प्रहरीले जनाएको छ ।
ग्राहकको पहिचान र फोटो वितरण गरिएको अनुमान
बैंकमा देखाइएको ग्राहक पहिचान अर्थात बैंकमा रहेको कुनै पनि ग्राहकको बारेमा रिपोर्ट यो गिरोहलाई कसरी थाहा भयो रु जव कि एक वा दुई संख्या होइन, सयौंको संख्यामा ग्राहकको खाता, हस्ताक्षर र पहिचान थाहा गरेर नक्कली काम गर्न सक्ने अबस्थामा एउटा गिरोह पुग्यो । प्रहरीको कुरा सुन्दा निकै आश्चर्यजनक र डर लाग्दो छ । बैंकमा खाता खोल्ने व्यक्तिको बारेमा पुरै जानकारी हुनु । कति रकम राखिएको छ थाहा हुनु । कस्तो हस्ताक्षर गरेको छ त्यो पनि थाहा हुनु । अनि चेक बुक नै नयाँ बनाउन सक्नु र चेक काटेर बैंकसम्म पुगेर लाखौं लाख रकम नै निकाल्न सक्नु । यो हिम्मत सामान्य नागरिकमा होइन बैंक लुटेरासँग पनि हुँदैन । यति धेरै काम गर्न धेरै नै सूचना थाहा पाउनुपर्छ । अन्य सूचना त थाहा होला । बैंकमा रकेको रकम र हस्ताक्षर पनि उस्तै गर्न सक्ने कुरा बैंकको कर्मचारीको सहयोग विना सम्भव छैन ।
नयाँ र प्रशिक्षार्थी कर्मचारी नै बैंकका लागि हानीकारक हुने गरेको पाइएको छ । शाखा विस्तारका कारण धेरै कर्मचारी थप्नुपर्ने र यसरी थपीने कर्मचारीहरु भनसुनका आधारमा पनि राखिने गरिनु अर्को समस्या हो । अन्तत नबुझ्ने, नजान्ने, नयाँ र छोटो अबधिका लागि ल्याइएका कर्मचारी बैंकका लागि हानिकारक हुने गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।
खराव प्रबृतिका कर्मचारीबाट समस्या
बैंकले सर्वसाधारणबाट निक्षेप स्विकार गर्दछ र सर्वसाधारणको माग अनुरुप भुक्तानी गर्नुको साथै उनीहरुको माग अनुसार कर्जा प्रवाह गर्दछ । सर्वसाधारणको बचत सुरक्षित राखिदिनुका साथै बैंकले किसान, व्यापारी, उद्यमी एवं सर्वसाधारणलाई कर्जा उपलब्ध गराउँछ । त्यसैले बैंक जनताको एउटा विश्वासिलो र भरपर्दो संस्थाको रुपमा परिचित छ । बैंक यस्तो संस्था हो जसलाई सीसाको घर पनि भनिन्छ । जहाँ जोखिमको मात्रा बढी हुने गर्दछ । त्यसकारण बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरु इमान्दार र नैतिकवान हुनुपर्छ । इमान्दार र नैतिकवान् मात्र होइन योग्य तथा दक्ष जनशक्तिलाई छनोट गर्नु पर्दछ । बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणहरुको लगानी तथा निक्षेप बढी हुने भएकाले वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वलाई विशेष ध्यान पुर्याउनु पर्दछ ।
प्रविधिमैत्रीको आबश्यकता स् अब बैंकका कर्मचारी प्रविधिमैत्री हुन जरुरी छ । टेक्नोलोजीले फड्को मारेको अबस्था छ । तर बैंकका कर्मचारीलाई नै टेक्नोलोजीको ज्ञान कम छ । सम्बन्धित डिपार्ट बाहेकलाई बैंकिङ टेक्नोलोजी बारे नलेज छैन । प्रविधिको क्षेत्रमा विश्वले हरेक पल नयाँ अविष्कारहरु गरि रहँदा त्यसको प्रयोग सबैभन्दा पहिले बैकिङ क्षेत्रमा नै भित्रिने गरेका छन् । साथै भित्रिएका प्रविधिहरु पनि लामो समयसम्म रहिनरहने भएकोले बैंकमा कार्यरत कर्मचारीहरुलाई धेरै कुराहरु निरन्तर रुपमा सिकिरहनु पर्ने हुन्छ ।
लोभ र लालचका प्रबृतिमा हाबी स् अधिकाँस बैंकका कर्मचारीमा लोभ, लालच प्रबृति हाबी छ । बैंकको कर्मचारीहरु इमान्दार हुनु अति नै आवश्यक हुन्छ । कर्मचारीहरु बैंकको आर्थिक कारोबारहरुमा प्रत्यक्ष रुपमा संलग्न हुनुपर्ने भएकोले यो गुण अति नै मह्त्वपुर्ण गुण मानिन्छ । तर त्यस्तो पाईदैन । कमीशनको चक्कर एउटा पक्ष र अरुको पैसामा आँखा लगाउने प्रबृति पनि बढी छ । जसले गर्दा धितो मुल्याङन तथा प्रशाशनीक खर्चमै कमीशन धेरै बैंकका कर्मचारीमा भेटिन्छ । जस कारण केही बैंकका शाखा प्रमुखहरु बैंकिङ कसुरमा परेका छन् भने छानविन राम्ररी हुने हो भने अरु पनि बैंकिङ कसुरमा भेटिने सम्भावनाहरु छन् ।
भनसुनमै टिक्न खोज्ने अभ्यास स् अधिकाँस कर्मचारीहरु मेहनत, लगनशील र धैर्यता भन्दा भनसुनमा जागिर खाने प्रबृतिमा छन् । भनसुन मिल्यो भने बैंक छोडेर अर्को बैंकसम्म जाने वा काम थोरै गरेरै जागिर खाने पोष्टतर्फ लालायीत हुने देखिन्छन् । सिइओको नजरमा कुराबाट राम्रो बन्न खोज्ने तर काम कम गर्नेहरु धेरै बैंकमा भेटिन्छन् । बैंकिङ खबर बाट साभार समाचार।
प्रतिकृया दिनुहोस