इङ्ग्ल्याण्डको मेरिलेबोनमाथि नेपालको जित

Yugnepal     817 पटक पढिएको    

इङ्ग्ल्याण्डको मेरिलेबोनमाथि नेपालको जित

 


नेपाली राष्ट्रिय क्रिकेट टोलीले इङ्ग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब  एमसीसी  लाई पाँच विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा एमसीसीले दिएको २०२ रनको विजय लक्ष्यलाई नेपालले ३७।३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालको जितमा  विनोद भण्डारीले ५२ रनको अविजित अर्धशतकीय इनिङ खेले । अर्धशतकीय इनिङ खेलेका भण्डारीले चार चौका र दुई छक्का प्रहार गरेका थिए । त्यस्तै पवन सरार्फ ३८ रनमा अविजित रहे भने शरद भेषवाकर २४, दीपेन्द्र सिंह ऐरी २३, कप्तान ज्ञानेन्द्र मल्ल १० तथा इशान पाण्डे चार रन बनाएर पेभिलिएन फर्किए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको एमसीसी ३९ दशमवल दुई ओभरमा २०१ रनमा समेटिएको थियो । उसका लागि विल रोड्सले सर्वाधिक ५४ रनको योगदान दिएका थिए भने बिली गोडलम्यानले ५२ रन जोडनुबोहेक अन्यले उल्लेखनिय प्रदर्शन गर्न सकेनन् ।

 बलिङतर्फ नेपालका ललितनारायण राजवंशी र पवन सरार्फले समान चार विकेट लिए भने अभिनास बोहोरा र करण केसीले समान एक विकेट लिए ।



मङ्गलबार १९, कार्तिक २०७६ ०१:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.