स्वारेजले जिताए बार्सिलोनालाई, यस्तो छ बुधबार रातिको च्याम्पियन्स लिगको नतिजा

Yugnepal     658 पटक पढिएको    

स्वारेजले जिताए बार्सिलोनालाई, यस्तो छ बुधबार रातिको च्याम्पियन्स लिगको नतिजा

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिश क्लब बार्सिलोनाले महत्वपुण जित निकालेको छ । बुधबार राति भएको खेलमा लुइस स्वारेजको नायकी खेलले बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा खेलेको बार्सिलोना खेलको तेस्रो मिनेटमै लाउटारो मार्टिनेजले गोल गरेपछि पछि परेको थियो । 

पहिलो हाफसम्म पछि परेको बार्सिलोनाले दोस्रो हाफमा दुवै गोल गर्यो । दुवै गोल स्वारेजले गरे । स्वारेजले ५८ औं र ८४ औं मिनेटमा गोल गरेका थिए । 

पहिलो खेलमा बोरुसिया डर्टमुन्डसंग बराबरी खेलेको बार्सिलोनाको यो समूह एफ को पहिलो जित हो । 

अर्को खेलमा बोरुसियाले साल्भिया प्रागलाई २–० गोल अन्तरले हरायो । 

अन्य खेलको नतिजा 
समूह इ को खेलमा गेन्क ०–० नापोली र लिभरपुर ४–३ साल्सबर्ग । 

समूह जी को खेलमा लेप्जिग ०–२ लियों र जेनित सेन्ट पिटर्सबर्ग ३–१ बेनेफिका ।

समूह एच को खेलमा लिले १–२ चेल्सी र भ्यालेन्सिया ०–३ आयाक्स । 



बिहिबार १६, असोज २०७६ ०१:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.