धनगढी,मिलन परियार । रातो हाप टिसर्ट र कट्टुमा भेटिएका थिए, वडा अध्यक्ष बहादुर सिं महरा । अनि बसेका थिए रातै डल्फीन कुर्चीमा । उनको हातमा थियो,जरिवाना रसिदको ठेली पनि । उनी एक अद्बैसे महिलालाई वडा कार्यालयको नियम बारे बुझाउँदै थिए । उनको हातमा थमाउँदै थिए जरिवाना रसिद पनि । तर ती महिला भने अटेर गरी रहेकी थिइन् । दुबै जनाबीच एकछिन चर्को भनाभननै चल्यो ।
नियम सबैका लागि समान हुन्छ,नियम मिच्ने जो सुकैलाई पनि कारबाही गरिन्छ भन्दै अन्तः जरिवाना रसिद थमाएरै छोडे । जंगल क्षेत्रमा गाई छाडा छोडे बाफत बयस्क गाईको १५ सय र सानोको एक हजार रुपैयाँ जरिवाना लिने नियम अनुसार रु।२५ सय वडा अध्यक्ष महराले जरिवाना गराएका हुन् ।
जरिवाना नर्तिर्ने ढिपी गरि रहेकी महिला अन्तिममा स्थानीय तहको निर्वाचनमा आफुले भोट नहालेका कारण वडा अध्यक्षले आफुलाई जर्वजस्त जरिवाना गराएको र नमस्कार पनि नगरेको भन्दै रिसाएर घरतिर लागिन् । शुक्लाफाँटा नगरपालिका छाडा पशु चौपाया व्यवस्थापन सम्बन्धी कार्यबिधी २०७५ अनुसार उनलाई जरिवाना गरिएको अध्यक्ष महराले बताए ।
शुक्लाफाँटा नगरपालिका(८ फुलेली वडापालिकाले मणीकाधाम जाने बाटो छेउमै बन बातावरण,विपद् व्यवस्थापन तथा बन्यजन्तु सुरक्षा बिशेष युनिट स्थापना गरेको छ । चुरे क्षेत्रसंग जोडिएको ८ नं।वडा आगलागी र नदी कटानयुक्त वडा हो । यहाँ गौडी नदी,घरकटुवा नदी ९घर जग्गा कटान गर्ने हुनाले० सुनबरा नदी,बनहरा नदी,धारापानी खोलाले बर्षेनी कटान गर्नाले बस्तीनै जोखिममा रहेको छ । यहाँ बर्षेनी आगलागी र बाढीले समस्या निम्त्याउँछ ।
यसैलाई मध्यनजर गर्दै ०७५ भदौ १५ गते बिशेष युनिट स्थापना गरिएको हो । अग्नी नियन्त्रण र बाढी पिडित वडाबासीको खोज तथा उद्धारसंगै घाईते बन्यजन्तुको उद्धार तथा उपचारका लागि बिशेष सुरक्षा युनिट स्थापना गरी छाडा गाईबस्तुहरुको व्यवस्थापनका लागि गौशाला निर्माण गरेर अध्यक्ष महराले प्रशंसनीय काम गरेका छन् । शुक्लाफाँटा नगरपालिकाबाट प्राप्त दुई लाख रकममा ४० हजार जनश्रमदान जुटाएर उनले झलारी धारापानी सडकको ट्यांकीदेखी धारापानी लिंगासम्मको ६ मिटर चौडाई भएको ३ किलोमिटर २ सय ६० मिटर लामो बनपथ निर्माण गरेर उदाहरणीय काम समेत गरेका छन् ।
बिशेष सुरक्षा युनिटले ६० हजार हेक्टर बनक्षेत्रको सुरक्षा गर्दै आएको छ । सामुदायिक बन उपभोक्ता समितिको तीन बिघा क्षेत्रफल जमिनमा माटोले पोतेको आकर्षक टहरो निर्माण गरिएको छ । टहरोमा सभाहल,पशु स्वास्थ्य सेवा केन्द्र,उद्धार सामाग्री स्टोर,खाधान्न स्टोर,सुत्ने र भान्सा गरी ३ वटा टहरो र एउटा पक्की सौचालय निर्माण गरिएको छ । आकस्मिक आईपर्ने विपद्का लागि पूर्व तयारीको रुपमा अग्नी नियन्त्रण सामाग्री,बाढी पिडित उद्धार सामाग्री,सवारी साधन,प्राथमिक उपचार लगायत आबश्यक सामाग्रीहरु रहेका छन् ।
यहाँ अध्यक्ष महरासहित २५ जना तालिम प्राप्त उद्धारकर्ताहरु २४ सै घण्टा उद्धार कार्यमा खटिरहेका हुन्छन् । उद्धार दस्ता दैनिक विपद् व्यवस्थापन प्रतिकार्य अभ्यासमै व्यस्त रहनछन् । विहान बेलुका आलोपालो भान्साको काम गर्छन् । दैनिक भान्सामा मोटो चामल र दाल पाक्छ । पालैपालो आफै भात पस्केर सामुहिक रुपमा एकै थलोमा बसेर भोजन गर्छन् । जिम्मेवारी अनुसारको कार्य सम्पादन गर्न जंगल क्षेत्रमा परिचालन हुन्छन् । छाडा बस्तु चौपायाको रेखदेख,मलमुत्र संकलन,घाईते जंगली जनावरको उद्धार,चोरी सिकारी,काठ तस्करी नियन्त्रण गर्नु सुरक्षा दस्ताको दैनिकी हो । सबैले पालैपालो जंगलमा ड्युटी गर्ने नियम बसालिएको छ ।
घना जंगलबीचमा तीन ठाउँमा खरले छाएको सेन्ट्री निर्माण गरिएको छ । सेन्ट्रीमा सुरक्षा दस्ताले विहानदेखी बेलुकीसम्म पहरा दिई रहेका हुन्छन् । सुरक्षा दस्ताले पहरा दिन थालेपछि लुटपाट पूर्ण रुपमा अन्त्य भएको छ । यसअघि घासदाउरा लिन आउने र बाटो हिडेने महिलाहरु अपरीचित पुरुषहरुबाट लुटिने गरेका थिए । हातमा चक्कु बोकेर बसेकाहरुले महिलाहरुको सुनका गरगहनाहरु लुट्ने गरेको स्थानीयहरु बताउँछन् ।
युद्धकालमा जनमुक्ति सेनाले जे गर्ने गरेका थिए । त्यही अभ्यास महराले यहाँ पनि पालना गरेका छन् । समान काम समान व्यवहारको निति यहाँ लागु गरेका छन् । खाना,बासको व्यवस्था गरेर प्रति जनाले दैनिक ४ सय पचास रुपैयाँ पारिश्रमिक पाउँछन् । काम परेका बेला मात्र घर जाने महरा २४ सैं घण्टा यही युनिटमा बिताउँछन् ।
कार्यालय समयमा सेवाग्राहीको सेवाका लागि वडा कार्यालयमा रहने वडा अध्यक्ष महरा त्यसपछिको पुरै समय भने बिशेष सुरक्षा युनिटमै बिताउने गर्छन् । विहान सबेरै उठेर हाप टिसर्ट र कट्टुमा उनी दैनिक कार्य योजना अनुसारको जिम्मेवारी पुरा गर्नु र अन्य साथीहरुलाई पनि जिम्मेवारी अनुसारको खटनपटन गर्नमै व्यस्त रहन्छन् ।
जंगलभित्र ३ ठाउँमा गौशाला निर्माण गरिएको छ । पशु चौपायाका लागि ठाउँठाउँमा पानी खाने खाल्डो स्थल निर्माण गरिएको छ । छाडा छोडिएका पशुचौपायाको ब्यबस्थापन गर्न पटकपटक असफल भएपछि २०७५ साउन २६ गते शुक्लाफाँटा नगरपालिकाभरीका जनताले आन्दोलन गरि नगरपालिकाभित्र छाडा पशुचौपाया हुलेपछि छाडा पशुचौपायाको ब्यबस्थापन गर्न चुनौतीपूर्ण कदम उठाएको अध्यक्ष महराले बताए । उनले भने, गौशालाबाट संकलन गरिएको गौबर बिक्रि गरेर डेढ लाख रुपैयाँ आम्दानी समेत गरिएको छ । बहुउदेश्यिक छाला प्रशोधन उधोग स्थापना गर्न सके स्वरोजगार सृजना गर्न सकिने समेत उनले बताए ।
को हुन महरा रु
२०४३ साल भदौ ८ गते मार्मा गाउँपालिका ८ दार्चुलामा वुवा अमर सिंह र आमा द्रोपतीदेबी महराका आठौं सन्तानको रुपमा जन्मिएका ३३ बर्षिय बहादुर सिं महरा तत्कालिन नेकपा माओबादीले संचालन गरेको महान जनयुद्धमा होमिएका थिए । २०५८ पौष महिनामा वडा प्रमुखको जिम्मेवारी पाएर पूर्णकालिन बनेका उनी ०५९ सालमा जिल्ला मिलिसिया ०६१ साल असोज १५ गते जनमुक्ति सेनामा आबद्ध भए ।
जनमुक्ति सेनामा आबद्ध उनी फन्ट गार्ड लिडर,सेक्सन सहायक कमाण्डर सेक्सन कमाण्डर प्लाटुन सहायक कमाण्डर प्लाटुन कमाण्डर जिम्मेवारी सम्हाल्दै तत्कालिन शाही नेपाली सेनासंगको समायोजन प्रकियामा कैलाली जिल्लाको बडैपुरमा रहेका जनमुक्ति सेनाको सातौ डिभिजनबाट ०६९ असारमा स्वच्छीक अबकास लिएर फर्केका हुन् ।
०७२ असोज १० गते दार्चुलाबाट शुक्लाफाँटा नगरपालिका ८ फुलेलीमा बसाई सरी आएका महरा बसाई सरी आएको ६ महिनामै स्थानीयको साथ पाएर ०७२ चैत्र १२ गते श्री बैजनाथ सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष निर्वाचित भए । सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष निर्वाचित भएको १६ महिनामै स्थानीयको मनमनमा बस्न सफल भएका महरा स्थानीयकै अनुरोधमा ०७४ असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ६४१ मत प्राप्त गरी वडा अध्यक्ष निर्वाचित भएका हुन् ।
सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष भएपछि उनले यसअघि समितिमा हुदै आएको आर्थिक अनियमितता, अत्याचार, बन्यजन्तुको चोरी सिकारी, काठ तस्करी निर्मल पार्नुका साथै राजनीतिक पूर्वाग्रहका आधारमा उपभोक्ताहरुलाई बन पैदावार उपभोगबाट बंचित गरिनु लगायतका समस्याहरु हटाएपछि उनीप्रति एकाएक स्थानीयको बिश्वास बढेपछि उनी वडा अध्यक्ष निर्वाचित हुन सफल भएका हुन् ।
शासन व्यवस्था परिवर्तनका लागि नेकपा माओबादीले संचालन गरेको जनयुद्धमा अन्याय र अत्याचारका बिरुद्ध लड्न जनयुद्धमा होमिएका उनीसंग जनमुक्ती सेनाको कठोर अनुशासन पालना गरेको अनुभव छ । यही अनुभवले उनलाई छोटो अबधीमै चूनौतीको पहाड चड्न र सामना गर्न सिकायो । अन्तः उनले युद्धकालिन अनुभवलाई आफ्नो कार्यशैली मार्फत देखाउन सफल भएका छन् ।
जनमुक्ति सेनाको कठोर अनुशासनबाट खुल्ला जीवनमा आएको मेरा लागि नयाँ ठाउँमा चुनाव लडेर सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष बन्नु नौलो अभ्यास थियो तर पनि यहाँका जनताको साथ र बिश्वासले गर्दा अध्यक्ष बन्न सफल भएको उनले बताए ।
निकै चुनौतीकाबीच अध्यक्षको जिम्मेवारी सम्हालेको थिए,केही गरेर देखाउ भन्ने युवा जोस पनि थियो जनताले साथ दिए,रातदिन खटेर काम गरे अहिले पुरै सिस्टम परिवर्तन गर्न सफल भएको छु उनले छोटो अबधीमै सफल हुनुको अनुभव सुनाए ।
घना जंगल एरियामा बस्ती भएकाले युवाहरु दिउँसै कुखुरी बोकेर हिड्ने,जंगलमा घासदाउरा गर्ने महिलालाई लुटपाट गर्ने,पुरुषहरु दिनभर जुवातास खेल्ने साझ मदिरा सेवन गरेर श्रीमती कुट्ने लगायतका क्रियाकलापले वडानै बदनामीत भएको रहेछ । त्यसलाई पूर्ण रुपमा बन्द गर्न सफल भए । छोटो अबधीमै मेरो कामको मूल्यांकन गर्दै यहाँका जनताले वडा अध्यक्षको चुनाव लड्न आग्रह गरेपछि उम्मेदवारी दिए र बिजयी भए उनले भने,टिकटका लागि २८ जना दावेदार थिए मध्ये स्थानीयकै पहलमा आफुले टिकट पाएको बताए ।
जाड,रक्सी सेवन गर्ने,जुवातास खेल्ने,छाउपडी प्रथा,छुवाछुत,बहुविवाह गर्नेलाई वडाको सेवा सुबिधामा रोक लगाउने,जनताको जिउधनको सुरक्षा जनता आफैले गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्न जनताको सुरक्षा जनताबाटै कार्यक्रम संचालन,प्रत्येक घरहरु राष्ट्रिय सडक संजालसंग जोडिनु,श्री सिद्धनाथ मा।वि।श्री बैजनाथ आधारभुत बिद्यालय,श्री पंचकोटी आधारभुत विद्यालय र श्री जनभावना आधारभुत बिद्यालयमा आबश्यक भौतिक पूर्वाधार निर्माण,नदी कटान रोक्न जैविक तटबन्धनको प्रयोग,यस क्षेत्रमा रहेका पर्यटकिय स्थलहरुमा सडक विस्तार,पदमार्ग निर्माण र प्रचार,प्रचार लगायतका जनतासंग प्रत्यक्ष जोडिका कार्यक्रमहरु संचालन गरिनु नै मेरो दुई बर्षे कार्यकालको महत्वपूर्ण उपलब्धी हो अध्यक्ष महराले सुनाए । कटुवाल अनलाइन बाट
प्रतिकृया दिनुहोस