नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खतरामुक्त

युग संवाददाता     37 पटक पढिएको    

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खतरामुक्त

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । उनको सुरक्षित स्थानमा राखेर उपचार भइरहेको स्रोतले जनाएको छ ।
मंगलबार जेनजी प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित निवासमा प्रवेश गरेर देउवा दम्पतीमाथि आक्रमण गरेका थिए । आक्रमणमा परेका देउवालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । सामाजिक सञ्जालमार्फत बाहिरिएको भिडियोमा देउवाको शरीर रगताम्मे देखिन्छ ।
सुरुमा उनलाई छाउनीस्थित सैनिक अस्पतालमा लगिएको सैनिक अधिकारीहरू बताउँछन् । त्यसपछि अन्यत्र सुरक्षित ठाउँमा राखेर उपचार भइरहेको सैनिक स्रोतले जनाएको छ ।
सरकारका एक जना उच्च अधिकृत भन्छन्, ‘उहाँ सुरक्षित ठाउँमा हुनुहुन्छ, स्वास्थ्य अवस्था खतरामुक्त छ ।’ देउवा पत्नी आरजु देउवा राणा पनि सुरक्षित ठाउँमा छिन् ।



बुधबार २५, भदौ २०८२ ०७:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal