अमेरिका जानुअघि थाहा पाउनैपर्ने ११ कुराहरु

Yugnepal     776 पटक पढिएको    

अमेरिका जानुअघि थाहा पाउनैपर्ने ११ कुराहरु

 

यो विषयमा म पहिले नै लेख्न चाहन्थेँ, जब पहिलो पटक अमेरिकाआएकी थिएँ( सन् २०१७ मा। अहिले म फेरि अमेरिका आइपुगेकी छु र मैले यो विषयमा लेख्नैपर्छ।

अनुसन्धानहरुका अनुसार हरेक वर्ष १० लाखभन्दा बढी मानिस अमेरिका प्रवेश गर्छन्( अमेरिकी सपना लिएर र यो संख्या निरन्तर बढिरहेको छ। तर आफू आएको ठाउँका विविधताका बारेमा जानकारी तथा अपूर्ण बुझाइका कारण अधिकांश मानिसहरु शारीरिक तथा मानसिक रुपमा समस्यामा पर्न थाल्छन्, जब उनीहरुको यहाँको बसाइ सुरु हुन्छ।

त्यो बेला उनीहरुको एउटै कामना हुन्छ कि कसैले यो ठाउँका बारेमा पहिल्यै बताइदिएको भए हुने१

ल्याण्ड अफ लिबर्टीका रुपमा परिचित अमेरिका आउने तयारीमा रहेका सबैका लागि केही जान्नैपर्ने कुराहरु यहाँ समेट्न खोजिएको छ।

१ आफू जाँदै गरेको राज्यका विविध पक्षका बारेमा जानकारी संकलन गर्नुहोस्स्

अमेरिकाका ५० राज्य आफैँमा भिन्न र फरक परिवेशका छन्। आफू जाँदै गरेको राज्यकाबारेमा सही र पर्याप्त जानकारी तथा बुझाइ बनाउनुहोस्, जसले तपाईँलाई पहिलोपटक अमेरिका आउने अरुले जस्तो मन खिन्न बनाउनु पर्दैन।

२सवारी चलाउन जान्नु अपरिहार्य

अमेरिकाआएको केही महिनाभित्रै कार किन्न तयार हुनुहोस्। किनकि अमेरिकामा कारबिना जीवन झण्डै बाँधिएको वा अशक्तजस्तै बन्न सक्छ। आफ्नो देशमा सवारी चालक परिचयपत्र भएको भए पनि अमेरिकामा यहिँको नियमअनुसारको सवारी चालकअनुमतिपत्र लिनका लागि परीक्षा दिनु अनिवार्य छ।

३ कुनै पनि प्रकारको काम गर्नका लागि तयार हुनुहोस्

अमेरिका जाँदै गर्दा यो कुरा स्पष्ट हुनुपर्छ कि, जीवन पुनः शून्यबाट थालनी हुँदैछ। आफ्नो सीप या दक्षता अनुसारको कामका लागि योग्य नभएसम्म जस्तो खालको काम गर्नका लागि पनि तयार हुनुपर्छ। ती कामहरु कल्पना गरिएभन्दा बाहिरका पनि हुनसक्छन्। त्यसैले यदि तपाईँमा अमेरिकी जीवनको सपना छ भने केही वर्षका लागि आफ्नो इगो साइडमा राख्न सक्नुपर्छ।

४ तपाईँ सम्पूर्णतःआफ्नै बलबुतामा उभिने तयारीमा हुनुहुन्छ

अमेरिकामा तपाईँ आत्मनिर्भर व्यक्ति हो। जे गरिन्छ, त्यही मात्रै पाइन्छ। त्यसैले कसैले यहाँको बसाइ सजिलो बनाइदिन्छ भनेर आश नगर्नु होला। आफूलाई नयाँ विश्वमा समाहित गर्नका लागि तयार बनाउनु होस्। यदि कसैले तपाईँलाई विमानस्थलमा पिक गर्न आएको छ भने उसले सधैँ तपाईँलाई चाहिएका बेला सहयोग गर्छ भन्ने छैन। यो कुरा स्वीकार गर्न सक्नु पर्छ।

५ अमेरिका जताजतै न्युयोर्कजस्तो छैन या होइन

अमेरिका कल्पनागरिएभन्दा धेरै भिन्न छ। मलाई लाग्छ हामी सबै चलचित्र तथा भिडियोहरुमा देखेको या देखाइएको चिजका भरमा अमेरिकी जीवनबाट प्रभावित भएका छौँ। तर यहाँको वास्तविकता त्योभन्दा बिलकुल फरक छ। यसलाई स्वीकार गर्नुहोस्।

६ संघर्षका दिनहरुका लागि आर्थिक स्रोतको व्यवस्थापन गर्नुहोस्

अमेरिकी भूमिमा प्रवेश गर्नुपूर्व तपाईँले राम्रो योजना बनाएको हुनुपर्छ। यसमा आर्थिक योजना सबैभन्दा माथिल्लो स्थानमा आउँछ। यहाँ आएर आय गर्न केही समय लाग्न सक्छ, त्यसैले संक्रमणकालका लागिआर्थिक रुपमा बलियो हुनुपर्छ।

७ सपना ठूलो देख्नुस् तर त्यो रातारात विपना बन्ने आश भन्ने कदापि नगर्नुहोला

सपना देख्नुपर्छ र त्यसको आकारलाई फैलाउँदै लैजानु पनि पर्छ। तर ती सपनाहरु रातारात वास्तविकतामा परिणत हुने आश वा कल्पना नगर्नुहोस्। किनकि सफलता जहिले पनि लगातारको प्रयास र धेरै रातहरुको निन्द्रा गुमाएपछि मात्रै प्राप्त हुन्छ। आफ्नो स्तर थाहा पाउनु होस्, छोटो अवधिका लागिआफ्नो लक्ष्य तय गर्नुहोस्। ती लक्ष्य पूरा गर्नका लागि कडा मेहनत गर्नुहोस्। अनि मात्रै ठूलो सपना पूरा हुने बाटो समात्न सकिन्छ। तर यसका लागि लगनशीलता र धैर्यता दुवै चाहिन्छ।

८ यहाँ वर्षौँदेखि बसिरहेका मानिसहरु देखेर मोहित या मुग्ध नहुनुहोस्

आफूले चिनेका मानिसहरुको शानको जीवन देख्न सक्नुहुन्छ किनकि उनीहरु वर्षौँदेखि यहाँ बसेका हुन्छन्। हुनसक्छ( तपाईँले आफ्नो जीवन उनीहरुसँग दाँज्न थाल्नु हुन्छ। र तपाईँलाई नराम्रो लाग्छ। तर देखिएका वा सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरहरुमा पूरा विश्वास नगर्नुहोस्।

९ संघर्षको चरणका लागि आफूलाई मानसिक तथा शारीरिक रुपमा तयार पार्नुहोस्

यो सबैभन्दा महत्वपूर्ण पक्ष हो। कसैले पनि भन्दैन कि जीवन सजिलो हुनेछ। आउनसक्ने सम्भावित परिवेशहरुका लागि तयार हुनुपर्छ। किनकि जीवनको नयाँ अध्याय सुरु हुँदैछ। मानसिक तथा शारीरिक रुपमा सम्भावित सबै परिवेशका लागि तयार भएमा तपाईँले जीवनको सुन्दर अध्यायको मज्जा पक्कै लिन पाउनु हुनेछ।

१० यदि तपाईँ विद्यार्थीका रुपमा आउँदै हुनुहुन्छ भने सामुदायिक कलेजको सट्टा विश्वविद्यालयका लागि योजना बनाउनुहोस्

धेरै विद्यार्थीले विश्वविद्यालयको सट्टा सामुदायिक कलेज रोज्छन् किनकि यी केही सस्तो हुन्छन्। तर तपाईँले विश्वविद्यालय रोज्नु भयो भने भविष्य उज्ज्वल हुने सम्भावना बढी रहन्छ।

११ सांस्कृतिक झट्काका लागि तयार हुनुहोस्

यदि तपाईँ नेपाल, भारतसहितका देशबाट हुनुहुन्छ भने अमेरिकामा बिलकुलै भिन्न परिवेश देख्नु हुनेछ। यसबारे विस्तृतमा केही नभनी यतिमात्रै भन्न चाहन्छु कि तपाईँ हरेक समुदायको जीवनशैली र छनौटलाई सम्मान गर्ने र त्यसको सुन्दरतालाई महसुस गर्न सक्ने हुनुहोस्।

यी त भए मैले देखेका कुराहरु। यहाँहरुलाई केही कुरा छुटेको वा थप्नुपर्नेजस्तो लागे हामीलाई यसमा सहयोग गर्नुहोस्।

यी त भए मैले देखेका कुराहरु। यहाँहरुलाई केही कुरा छुटेको वा थप्नुपर्नेजस्तो लागे हामीलाई यसमा सहयोग गर्नुहोस्। (डिटिजल कन्टेन्ट स्पेसलिस्ट लिना @leenachitwan ले मूलरुपमा leenachitwan.com  को लागि लेखेको सामग्रीको नेपाली अनुवाद। उनलाई [email protected] मा सुझाव पठाउन सकिन्छ।)

देश संन्चार बाट

 



शनिबार ३२, साउन २०७६ ०७:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal