मन्त्री  अधिकारीले तेह्रथुममा गरेको अन्तिम सम्बोधन

देश

Yugnepal     1092 पटक पढिएको    

मन्त्री  अधिकारीले तेह्रथुममा गरेको अन्तिम सम्बोधन

मन्त्री  अधिकारीले तेह्रथुममा गरेको अन्तिम सम्बोधन 
 
काठमाडौं । ताप्लेजुङको पाथीभरा नजिकै हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले अन्तिम सम्बोधनमा वर्तमान सरकार बनेपछि समृद्धिको यात्रामा अघि जान नदिनेहरु अत्तालिएको बताएका थिए ।
तेह्रथुमको चुहानडाँडामा बनाउन लागिएको प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न बुधबार बिहान पर्यटनमन्त्री अधिकारीसहित सातजना त्यसतर्फ प्रस्थान गरेका थिए । 

पर्यटनमन्त्री अधिकारीले सम्बोधनका क्रममा आफूलाई प्रधानमन्त्रीले पठाएरै विमानस्थलका बारेमा बुझ्न आएको धारणा राखेका थिए ।

 बम बम बम
“यहाँ विमानस्थल बनाउने विषयमा बुझ्न आएका छौं । मेरो साथमा नक्सा, इस्टिमेट सबै छ । अहिले ८७ करोड खर्च हुने अवस्था छ,” सम्बोधका क्रममा मन्त्री अधिकारीले भनेका थिए, “दुईवटा सन्दर्भमा मात्रै बताउन चाहन्छु । वर्तमान सरकार बनिसकेपछि समृद्धिको यात्रालाई केपी शर्मा ओलीले नेतृत्व गरिरहनुभएको छ । यो ठाउँ उहाँको जन्मस्थल भएर मात्रै होइन । उपयुक्त भएर नै यो ठाउँमा विमानस्थल बनाउन लागिएको हो । प्रधानमन्त्रीले हामीलाई भन्नुभयो, के कस्तो लाग्छ डिटेल अध्ययन गर्नुस् । हामीले फेरि अध्ययन गर्यौं । आज हामी डिटेल अध्ययन गरेर आएका छौं । प्रधानमन्त्रीले अरु होइन पर्यटनमन्त्री आफैं गएर चुहानडाँडा हेरेर आउनुस् भन्नुभएकाले आज आएका छौं । विमानस्थल बनाउन उपयुक्त ठाउँ छ । पानी परेको छ । मौसम खराब छ हामी फर्किनुपर्ने छ ।”

उनले सधैं अस्थिरताबाट फाइदा लिएकाहरु र विकासको यात्रामा अघि जान नदिनेहरु यो सरकार बनेपछि आत्तिएको बताएका थिए ।



बुधबार १५, फागुन २०७५ ०८:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.