ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको मृत्यु

Yugnepal     1413 पटक पढिएको    

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको मृत्यु

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना स् पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको मृत्यु 


काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनामा परेको छ । दुर्घटनामा हेलिकोप्टरमा रहेकामध्ये ६ जना यात्रु र एकजना चालकको शव फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा रहेका प्रहरी बेद अर्यालका अनुसार ७ वटै शव फेला परेको छ ।

७ जनाकै शव डढेको अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार मन्त्रीको शव चिनिएको छ भने नेपाली सेनाका अर्जुनकुमार घिमिरेको शव पहिचान भएको छ भने बाँकीको पहिचान हुन सकेको छैन । उनका अनुसार अरु हेलिकोप्टर ल्यान्ड गर्न सक्ने अवस्था छैन । उडेको पाँच मिनेटमै हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।

 बम बम बम
पाथीभरा मन्दिरबाट डेढ किमी टाढा दुर्घटनामा परेको बताइए पनि कुनै हेलिकोप्टर ल्यान्ड हुन सकेको छैन । शवलाई बोकेर हेलिकोप्टर ल्यान्ड गर्न सक्ने ठाउँमा लैजाने तयारी भएको प्रहरी बेद अर्यालले जानकारी दिए । पाइलट प्रभाकर केसीसहित ७ जना सवार एयर डाइनेष्टिको हेलिकोप्टर सवा १ बजेदेखि सम्पर्कविहीन भएको थियो ।

प्रहरीका अनुसार पाथीभराबाट १ बजेर १० मिनेटमा उडेको हेलिकोप्टर पाँच मिनेटमै सम्पर्कविहीन भएको थियो । हेलिकोप्टरमा मन्त्री अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल, ध्रुवदास भोछिभया र अर्जुनकुमार घिमिरे सवार थिए ।



बुधबार १५, फागुन २०७५ ०४:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.