नेपाल राष्ट्र बैंकले १९ वटा वाणिज्य बैंकहरुलाई शेयर ब्रोकरको लाइसेन्सको स्वीकृति दिएको छ । ती बैंकहरुलाई शेयर कारोबारका लागि सहायक कम्पनी स्थापना गरि शेयर ब्रोकरको काम गर्न केन्द्रिय बैंकले अनुमति दिएको हो ।
शेयर बजारका लागि बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्ने माग धेरै अगाडि देखि शेयर लगानीकर्ता, ब्रोकर र बैंकहरुले गर्दै आएका थिए । जसमा राष्ट्र बैंकले अध्ययान तथा अनुसन्धान गरि बैंकहरुको वियमावली र प्रबन्धप्रत्रमा रहेको उदेश्य थप गर्ने गरि धितोपत्र बोर्डमा लाइसेन्सको लागि सिफारिस गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए ।
राष्ट्र बैंकमा बाकी वाणिज्य बैंकहरु शेयर ब्रोकरको लाइसेन्स स्वीकृतिको प्रकृयामा छन् । ती बैंकहरुको क्षमता लगाएत अन्य पक्षहरुको अध्यान पश्चात उनीहरुलाई पनि लाइसेन्सको लागि स्वीकृति दिइने प्रवक्ता निरौलाले जानकारी दिए ।
राष्ट्र बैंकबाट शेयर ब्रोकरको लाइसेन्स प्रकृयाको स्वीकृति पाएका बैंकहरुमा नबिल बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, माच्छापुच्छ«े बैंक, नेपाल बंगलादेश बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, सनराइज बैंक, लक्ष्मी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, बैंंक अफ काठमाण्डू, एनआईसि एसिया बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, मेगा बैंक, जनता बैंक, सेन्चुरी बैंक र सानिमा बैंक रहेका छन् । केन्द्रिय बैंकबाट स्वीकृत पाए पश्चात अब ती बैंकहरुले धितोपत्र बोर्डमा शेयर ब्रोकरको लाइसेन्सका लागि जानुपर्ने छ ।
बैंकहरुले शेयर ब्रोकरको लाइसेन्सको लागि पहिलो चरण मात्र पुरा गरेको धितोपत्र बोर्डका कार्यकारी निर्देशक निराज गिरीले बताए । उनका अनुसार अब ती बैंकहरुले कम्पनी रजिष्टर कार्यलयमा कम्पनी दर्ता गराई सहायक कम्पनी स्थापना गर्नु पर्नेछ । त्यस पश्चात नेपाल स्टक एक्सचेन्ज नेप्से बाट बैंकहरुले सिफारीस लिए पश्चात मात्र धितोपत्र बोर्डले शेयर ब्रोकरको लाइसेन्स वितरण गर्ने बोर्डका कार्यकारी निर्देशक गिरीको भनाई छ । बैंकिङ खबर ।
प्रतिकृया दिनुहोस