इटाली र नेदरल्याण्ड महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा, बाहिरिए दुई एसियाली राष्ट्रहरु

Yugnepal     803 पटक पढिएको    

इटाली र नेदरल्याण्ड महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा, बाहिरिए दुई एसियाली राष्ट्रहरु

 

काठमाडौं । इटाली र नेदरल्याण्ड महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेका छन् । फ्रान्समा जारी प्रतियोगिताको मंगलबार राति भएको खेलमा चीनलाई २–० गोल अन्तरले पराजित गर्दै इटाली क्वार्टरफाइनलमा पुगेको हो ।

इटालीको जितमा भालेन्टिना गियासिन्टी र अरोरा गालीले एक एक गोल गरिन् । क्वार्टरफाइनलमा इटालीले नेदरल्याण्डसंग खेल्नेछ । 

एसियाली फुटबलको पावर हाउस जापानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्ड क्वार्टरफाइनलमा पुगेको हो । 

खेलको अन्तिम मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै नेदरल्याण्ड क्वार्टरफाइनलमा पुगेको हो । 

खेलको १७ औं मिनेटमा नेदरल्याण्डले खेलमा अग्रता लिएको थियो । लिटके मार्टेन्सले गोल गर्दै डच टोलीलाई अग्रता दिलाएकी थिईन् । ४३ औ मिनेटमा हसेगावाको गोलबाट जापान खेलमा फर्किएको थियो ।

खेलको अन्तिम मिनेटमा मार्टेन्सले पेनाल्टीमा गोल गर्दै नेदरल्याण्डलाई क्वार्टरफाइनलमा पुर्याइन् । 

यो खेलसंगै क्वार्टरफाइनल पुग्ने टिमहरुको टुंगो पनि लागेको छ । 

यसअघि जर्मनी, नर्वे, इंगल्याण्ड, फ्रान्स, अमेरिका र स्वीडेन क्वार्टरफाइनलमा पुगेका थिए ।  



बुधबार ११, असार २०७६ १०:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.