नेपालद्वारा १ सय २७ रनको लक्ष्य प्रस्तुत

खेल

Yugnepal     778 पटक पढिएको    

नेपालद्वारा १ सय २७ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा १ सय २७ रनको लक्ष्य प्रस्तुत


 नेपालद्वारा १ सय २७ रनको लक्ष्य प्रस्तुत
काठमाडौं । आइसीसी महिला विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्र छनोटमा नेपालले मलेशियालाई १ सय २७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २६ रन बनाएको हो । नेपालका लागि उपकप्तान सिता रानामगरले सर्वाधिक ४२ रन बनाइन् । ४० बलको सामना गरेकी सिताले २ चौका प्रहार गरेकी थिइन् । सिता र काजल श्रेष्ठले नेपाललाई उत्कृष्ट सुरुआत दिलाए । ७ दशमलब ५ ओभरमा काजल पहिलो विकेटका रुपमा आउट भएकी थिइन् । सासा अज्मीको बलमा क्रिष्टिनामार्फत क्याच हुनुअघि कागजले ३ चौकाको मदतमा १६ रन बनाएकी थिइन् ।

त्यसपछि सितालाई साथ दिन आएकी इन्दु बर्माले १३ रन बनाइन् । कप्तान रुविना क्षेत्रीले अबिजित ३३ रन जोडिन् । २५ बल सामना गरेकी रुविनाले ३ चौका प्रहार गरेकी थिइन् । नेरी थापा ६ रनमा रनआउट हुँदा ममता चौधरीले खाता नै खोल्न सकिन् । सरीता मगर १ रनमा अबिजित रहिन् ।


मलेशियाकी दुराइसिगम,सान्सा अज्मी र जुमिका अज्मीले एक–एक विकेट लिए । बैककस्थित टेडथाइ क्रिकेट मैदानमा १ सय २७ रनको लक्ष्य पाएको मलेशियाले अहिले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

६ टोली सहभागी छनोटको दोस्रो खेल नेपालले फागुन ९ गते थाइल्यान्डसँग खेल्नेछ । त्यसपछि फागुन १० गते संयुक्त अरब इमिरेट्स ९यूएई०, फागुन १२ गते हङकङ र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोविनका आधारमा हुने छनोटको शीर्ष स्थानमा रहने टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।



मङ्गलबार ०७, फागुन २०७५ ११:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.