आगलागी हुँदा होटलमा लाखौंको क्षति, पड्किए आठवटा सिलिण्डर

Yugnepal     1072 पटक पढिएको    

आगलागी हुँदा होटलमा लाखौंको क्षति, पड्किए आठवटा सिलिण्डर

 

 जनकपुर उपमहानगरपालिका–२ मा रहेको एक होटलमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ ।

बिहीबार बिहान गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी अन्य दुई पसलमा पनि फैलिएर क्षति पुर्याएपछि यतिठूलो क्षति भएको हो । 

प्रहरीका अनुसार बिहान करिब ३ बजेको आसपास आगलागी भएपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट भएको थियो । सियाराम मिष्टान्न भण्डारमा पनि क्षति भएको छ ।

तीन वटा दमकलको सहयोगमा  बिहान करिब ५ बजे आगो नियन्त्रणमा आएको थियो । मानवीय क्षति नभए पनि भौतिक क्षति भने धेरै नै भएको प्रहरीले बताएको छ । 



बिहिबार ०५, असार २०७६ ०३:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal