टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जमिन अतिक्रमण

Yugnepal     742 पटक पढिएको    

टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जमिन अतिक्रमण

 

टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जमिन अतिक्रमणभएको छ । क्याम्पसको नाममा रहेको तीन सय ८० मध्ये ८० बिघा जमिन मात्रै क्याम्पसले भोगचलन गरिरहेको छ ।

बाँकी जग्गा मुक्त कमैया तथा सुकुमबासीको नाममा अतिक्रमण भएको हो । टीकापुर सहरी विकास समितिले ०५६ सालमा टीकापुर बहुमुखी क्याम्पसलाई ८० बिघा जमिन दिएको थियो । ०६२ सालमा थप तीन सय बिघा जमिन क्याम्पसलाई प्रदान गरेको हो ।

०६२र६३ सालको आन्दोलनपछि क्याम्पसको जमिन अतिक्रमण सुरु भयो । तत्कालीन माओवादीको उक्साहटमा मुक्त कमैया र सुकुमबासीले क्याम्पसको जग्गा मिच्न थाले । सुरुमा ३५ घर परिवारले क्याम्पसको जमिनमा बसोवास गरे ।

अहिले करिब एक हजार घर–परिवारले क्याम्पसको जमिनमा बसोवास गर्दै आएको क्याम्पस प्रमुख केशरबहादुर कुँवरले बताए । ‘अतिक्रमणकारीले आफूलाई मुक्त कमैया र सुकुमबासी भन्छन्,’ उनले भने, ‘तर, वास्तविकतामा उनीहरू हुकुमबासी हुन् । अधिकांशको टीकापुरमा घर र गाडी छ । छानबिन गर्ने हो भने १० प्रतिशत मुक्त कमैया र सुकुमबासी होलान् ।’ आजको नयाँ पत्रिकामा खबर छ ।



बिहिबार ०५, असार २०७६ ११:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal