कोपा अमेरिका फुटबल स् ब्राजिल र भेनेजुएलाको गोलरहित बराबरी

Yugnepal     779 पटक पढिएको    

कोपा अमेरिका फुटबल स् ब्राजिल र भेनेजुएलाको गोलरहित बराबरी

 

आज बिहान सम्पन्न खेलमा कमजोर मानिएको भेनेजुएलाले उपाधि दावेदार ब्राजिललाई गोलरहित बराबरीमा रोकेको हो । बराबरीपछि दुई खेलबाट ४ अंक जोडेको ब्राजिल समूहमा शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको पेरुको पनि समान ४ अंक नैं छ ।

आजै सम्पन्न अर्को खेलमा पेरुले बोलिभियालाई ३–१ ले हराएको छ । यसअघि पहिलो खेलमा पेरुले भेनेजुएलासँग गोलरहित बराबरी खेलेको थियो ।
समूह ‘ए’ का अन्तिम खेलहरुमा ब्राजिलले पेरुको सामना गर्दा भेनेजुएला र बोलिभिया भिड्नेछन् ।



बुधबार ०४, असार २०७६ ११:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.