डिपिएलः प्लेअफमा पुग्ने चार टीमको टुङगो, अत्तरियासँगै महेन्द्रनगर अघिल्लो चरणमा

डीपीएल

Yugnepal     929 पटक पढिएको    

डिपिएलः प्लेअफमा पुग्ने चार टीमको टुङगो, अत्तरियासँगै महेन्द्रनगर अघिल्लो चरणमा

डिपिएलः प्लेअफमा पुग्ने चार टीमको टुङगो, अत्तरियासँगै महेन्द्रनगर अघिल्लो चरणमा
धनगढी फागुन ६
रूस्लान धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको प्लेअफमा पुग्ने टीमको टुङगो लागेको छ । आज भएको देलको नतिजाले चार टोलीको टुङगो लगाएको हो । अपराजित रहेको काठमाण्डौ ७ अंक सहित शिर्ष स्थानमा रहँदा सिवाईसी अत्तीया दोस्रो स्थानमा रहेको छ । समान ६ अंक भएपनि रुपन्देही च्यालेन्जर्स रन रेटका आधारमा तेस्रो स्थानमा रहेको छ । महेन्द्रनगर युनाईटे र विराटनगर किंग्सको समान चार अंक भएपनि रनरेटका आधारमा महेन्द्रनगर प्लेअफमा पुगेको छ । पहिलो स्थानमा रहेको काठमाण्डौ र दोस्रो स्थानमा रहेको सिवाईसी अत्तरिया बीचको खेल हुन बाँकी रहेको छ । त्यसले पहिलो र दोस्रो स्थानमा रहने टीमको टुङगो लाग्नेछ ।  

 

सोमबारको दोस्रो खेलमा सीवाइसी अत्तरिया विराटनगरलाई हराउँदै प्लेअफमा पुगेको छ । विराटनगर किंग्सलाई १० रनले हराउँदै अत्तरीया प्लेअफको पुगेको हो । आफुसँगै महेन्द्रनगर युनाईटेडलाई पनि अत्तरियाले जित हात पार्दै प्लेअफमा पुगाएको छ । 
टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै २० ओभर खेल्दै ३ विकेटको क्षतिमा प्रतियोगिताकै सर्वाधिक ठुलो स्कोर १४८ रन बनायो । अत्तरियाको उच्च स्कोरमा सन्नी पटेल र जय किशन कोल्शावालाले अर्धशतकीय ईनिङस खेले । बिस्फोटक ब्याटिङ गरेका सन्नीले अविजित ६१ रन बनाए । ३१ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका सन्नीले अन्तिम ओभरमा किशोर महतोको बलमा २ छक्का र ३ चौका प्रहार गरे । सन्नी डीपीएलमा अर्धशतक पुरा गर्ने पाँचौ खेलाडी समेत बने । यस्तै कोल्सावाला ५१ रनमा अविजित रहे । डीपीएलमा अर्धशतक बनाउने चौंथो खेलाडी बनेका कोल्सावालाले ५० बलमा ५ चौका र २ छक्का प्रहार गरे । यस्तै जितेन्द्र सिंह ठकुरीले १३ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले १० रन बनाए । विराटनगरका सुशन भारी र संसद शेखले समान १÷१ विकेट लिए ।

फाप्ला क्रिकेट मैदानमा अत्तरियाले दिएको १४९ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो  ।विराटनगरका लागि आसिफ शेखले सर्वाधिक ३९ रन बनाउदा पृथु बास्कोटाले २७ रन जोडे । यस्तै अभिनाश यादवले १४ असद उल्लाह खान पठानले १३ रन बनाए । कप्तान करण केसी १२ रनमा आउट भए । अत्तरियाका भुवन कार्की र दिपेन्द्र रावतले समान ३÷३ विकेट लिए ।



सोमबार ०६, फागुन २०७५ ०८:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.