भारत–पाकिस्तान बीचको खेलमा पनि वर्षा

Yugnepal     708 पटक पढिएको    

भारत–पाकिस्तान बीचको खेलमा पनि वर्षा

 

काठमाडौं । इंगल्याण्डमा जारी विश्वकप एक दिवसीय क्रिकेटका चार खेल वर्षाले गर्दा रद्द भएका छन् । 

भारत र पाकिस्तानबीच आइतबार दिउँसो हुने खेल पनि वर्षाले गर्दा अवरुद्ध हुने सम्भावना बढेको छ । 

म्यानचेष्टरमा दिउँसो ३ः१५ बजे हुने खेलमा वर्षा वाधक बन्न सक्ने मौसम पूर्वानुमान गरिएको छ । 

ओल्ड ट्राफोर्डको मैदानमा हुने खेलमा ६३ प्रतिशत वर्षा हुने सम्भावना रहेको अनुमान छ । 

वर्षाले खेल नै रोकिन सक्ने र यदि रोकिएन भने पनि रोकिँदै वर्षा हुँदै गर्ने अनुमान गरिएको छ । 

भारतको यसअघिको खेल पनि वर्षाले गर्दा रद्द भएको थियो । भारत र न्यूजिल्याण्डको खेल रद्द भएको हो । दुवै टिम अहिलेसम्म अपराजित छन् । 

एक्युवेदरका अनुसार वर्षाको सम्भावना ६३ प्रतिशतसम्म छ । म्यान्चेष्टरको समय अनुसार बिहान १० बजे टसको निर्णय हुनेछ । 

तर ९ बजेदेखि नै वर्षाको सम्भावना छ । बिहान ९ बजे ४७ प्रतिशत वर्षाको सम्भावना छ । 

त्यस्तै १० बजे ४३ , ११ बजे ४७, १२ बजे ५१ , १ बजे ४७ , २ बजे ३४, ३ बजे ३४, ४ बजे ४० , ५ बजे ५१ , ६ बजे ४७ , ७ बजे ४५  वर्षा हुने सम्भावना रहेको छ । 

यतिबेला म्यान्चेस्टरको मौसमको हाल बुझ्नेहरु नै धेरै छन् । भारतीय र पाकिस्तानीहरु नै गुगल सर्चमा भिडिरहेको बताइन्छ । 

मौसम विभागका प्रवक्ता ग्राहम मेजले वर्षा हुने पूरा सम्भावना रहेको बताएका छन् । 

खेल क्रिकेटको भिडन्त ज्यानको 
भारत र पाकिस्तानबीचको खेल क्रिकेटको भए पनि भिडन्त भने ज्यानको हुँदै आएको छ । गर या मरको स्थितिमा भारत र पाकिस्तानले खेल्ने गर्दछन् । 

राजनीतिक रुपले भारत र पाकिस्तानबीच सम्बन्ध राम्रो छैन । गत फेब्रुअरी १४ मा पाकिस्तानी आतंकवादी समूहले जम्मू–कश्मीरमा आत्मघाती आक्रमण गरी ४७ भारतीय सुरक्षाकर्मीको ज्यान लिएपछि भारतले पाकिस्तानसंग विश्वकप नै नखेल्ने भनेको थियो । 

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीलाई अपील पनि गरेको थियो ।

अन्ततः खेल खेल्न राजी भए पनि वर्षाले खेल नै नहुने सम्भावना पनि छ । खेल भइहाल्यो भने अन्तिम बलसम्मको तनाव भने यथावत् रहने छ । 

वर्षाले हुँदै रोकिँदै र पुनः खेल हुँदै गर्दा त्यसको तनाव खेलाडीहरुलाई भन्दा बढी खेल हेर्नेलाई हुने देखिन्छ ।

खेल क्रिकेटको भए पनि भिडन्त भने ज्यानकै हुने विश्लेषण गरिएको छ ।  

आपसी भिडन्त
दुई टोली बीचको पछिल्लो भेटमा भने भारत बलियो देखिन्छ । पछिल्लो पाँच खेलमा भारतले ४ तथा पाकिस्तानले १ खेल मात्र जितेको छ । 

सन् २०१७ मा भएको आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई हराएर उपाधि जितेको थियो । त्यसपछिको दुई भेटमा भने पाकिस्तान भारतसंग पराजित भएको छ ।



आइतबार ०१, असार २०७६ १०:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.