संघर्ष गर्दागर्दै हार्यो पाकिस्तान

Yugnepal     763 पटक पढिएको    

संघर्ष गर्दागर्दै हार्यो पाकिस्तान

 

काठमाडौं । पाकिस्तानले इंगल्याण्डमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा अष्ट्रेलियासंग संघर्ष गर्दागर्दै हारेको छ । बुधबार राति टाउनटनमा भएको खेलमा पाकिस्तान ४१ रनले पराजित भयो । 

अष्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४५।४ ओभरमा अलआउट हुँदै २६६ रनमा समेटियो ।

इमाम उल हकले ५३, मोहमद हाफिजले ४६, वाहब रियाजले ४५ तथा कप्तान सर्फराज अहमेदले ४० रन बनाए । 

हसन अलीले १५ बलमा ३२ रन जोड्दा बाबर आजमले २८ बलमा ३० रन बनाए । अष्ट्रेलियाका पाट कुमिन्सले ३ तथा केन रिचर्डसन र मिचेल स्टार्कले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै ३०७ रन बनाएको थियो । डेभिड वार्नरले १ सय ७ रन बनाए । कप्तान आरोन फिन्चले ८२ रन बनाए ।

मोहमद आमिरले ५, शाहिन शाह अफ्रिदीले २ तथा हसन अलि, वहाव रियाज र मोहमद हफिजले १–१ विकेट लिए ।

जितसंगै अष्ट्रेलियाले ४ खेलबाट ६ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा चढेको छ । दोस्रो हार बेहोरेको पाकिस्तान ३ अंकसहित आठौं स्थानमा छ । 

६ अंकको न्यूजिल्याण्ड शीर्ष स्थानमा छ । 



बिहिबार ३०, जेठ २०७६ ११:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.