वर्षाले अवरोध नगरे भारत र न्यूजिल्याण्डको खेलपछि एकमात्र टिम अपराजित

Yugnepal     686 पटक पढिएको    

वर्षाले अवरोध नगरे भारत र न्यूजिल्याण्डको खेलपछि एकमात्र टिम अपराजित

 

काठमाडौं । इंगल्याण्डमा जारी विश्वकप एक दिवसीय क्रिकेटको १८ औं खेलमा बिहीबार भारत र न्यूजिल्याण्ड भिड्दै छन् । यो खेल भारत र न्यूजिल्याण्डलाईमात्र हैन अन्य टिमका लागि पनि महत्वपूर्ण छ । 

दुवै टिममात्र अहिलेसम्मका अपराजित टिम हुन् । न्यूजिल्याण्डले अहिलेसम्म खेलेका ३ खेलमा सबै खेल जितेको छ र शीर्ष स्थानमा छ । 

अहिलेसम्म खेलेका दुई खेल नै जितेको भारत चौथो स्थानमा छ । साउथह्याम्पटनमा दिउँसो ३ः१५ बजेदेखि हुने खेल निकै रोचक हुने अपेक्षा गरिएको छ । 

समीकरण 
भारतको ओपनिङ जोडीका शिखर धवन औंला भाँचिएपछि यो खेलमा खेल्न सक्ने छैनन् । उनको स्थानमा ओपनिङ गर्न रोहित शर्मालाई लोकेश राहुलले साथ दिने छन् । 

ब्याटिङ प्रशिक्षक संजय बाङ्गरले यसको घोषणा गरिसकेका छन् । त्यसैगरी राहुलको चौथो नम्बरमा अझै को आउने भन्ने टुंगो छैन ।

तर सम्भावना दिनेश कार्तिक वा विजय शंकर आउने सम्भावना बढी रहेको छ । ऋषभ पन्तलाई पनि बोलाइएको छ । 

न्यूजिल्याण्डको टिममा कुनै परिवर्तन देखिने छैन । टिम फर्ममा छ । 

हेड टु हेड 
दुवै टिमले आपसमा १०६ एक दिवसीय खेल खेलेका छन् । जसमा भारतले ५५ र न्यूजिल्याण्डले ४५ खेल जितेका छन् । 

एक खेल बराबरीमा सकिएको थियो । पाँच खेलमा नतिजा निस्केको छैन । विश्वकपमा भने दुवै टिम आठ पटक भिडेका छन् । जसमा न्यूजिल्याण्डले ४ तथा भारतले ३ खेल जितेको छ । 

साउथह्याम्पटनको बिहीबार खेलिने मैदानमा भने यो दोस्रो भिडन्त हुँदैछ । सन् १९९९ को जुन १२ तारिखमा भएको खेलमा भने न्यूजिल्याण्डले भारतलाई ५ विकेटले हराएको थियो । 

मौसमको असर
मौसमले यो खेललाई असर गर्न सक्ने देखिएको छ । नटिङघममा वर्षा हुने सम्भावना रहेको छ । वर्षा नभए खेलभर बादल लाग्नेछ । 

तापक्रम ११–१२ डिग्री सेल्सियस आसपास रहने छ । यदि खेल हुन सकेन र नतिजा निस्केन भने दुवै टिमले १–१ अंक पाउने छन् । 

पिचको अवस्था हेर्दा भने टस जित्ने टिमले पहिले बलिङ गर्नेछ । पिच तीव्र गतिका बलरका लागि फाइदाजनक हुन सक्ने बताइएको छ । 



बिहिबार ३०, जेठ २०७६ १०:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.