अन्तिम तीन मिनेटमा दुई गोल गर्दै रोनाल्डोले पूरा गरे ह्याट्रिक

Yugnepal     677 पटक पढिएको    

अन्तिम तीन मिनेटमा दुई गोल गर्दै रोनाल्डोले पूरा गरे ह्याट्रिक

 

काठमाडौं । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले एक पटक आकर्षक खेल प्रदर्शन गरेका छन् । उनको ह्याट्रिकको मद्धतले पोर्चुगल नेसन्स लिग फुटबलको फाइनलमा पुगेको छ । 

पोर्चुगलले स्वीटजरल्याण्डलाई ३–१ गोल अन्तरले हराएको हो । खेलको २५ औं मिनेटमा फ्रिकिकमा गोल गर्दै रोनाल्डोले टिमलाई सुरुआती अग्रता दिलाएका थिए । 

हाफ टाइमसम्म १–० गोल अन्तरले पछि परेको स्वीटजरल्याण्डले ५७ औंं मिनेटमा पेनाल्टीमा गोल गर्दै बराबरीमा फर्कियो । रिचार्डो रोड्रिग्वेजले बराबरी गोल गरेका थिए ।

खेलको अन्तिम तीन मिनेटमा दुई गोल गर्दै रोनाल्डोले ह्याट्रिक पूरा गरे । रोनाल्डोले ८८ औं र ९० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

पोर्चुगलको उपाधि भिडन्त
पोर्चुगलले उपाधिका लागि सेमिफाइनलको विजेतासंग खेल्नेछ । अर्को सेमिफाइनलमा बिहीबार इंगल्याण्ड र नेदरल्याण्ड खेल्दैछन् । 

फाइनल खेल पोर्टोमा आइतबार हुनेछ । 



बिहिबार २३, जेठ २०७६ ०४:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.