पाकिस्तान–इंगल्याण्डको खेलमा बने ११ कीर्तिमान

खेलकुद

Yugnepal     775 पटक पढिएको    

पाकिस्तान–इंगल्याण्डको खेलमा बने ११ कीर्तिमान

 

काठमाडौं । पाकिस्तान र इंगल्याण्डबीच सोमबार राति भएको एक दिवसीय विश्वकप क्रिकेटका क्रममा ११ वटा कीर्तिमान बनेका छन् । 

नटिंघममा भएको खेल पाकिस्तानले १४ रनले जित्यो । उक्त खेलमा बने यस्ता कीर्तिमान–
१, जो रुट विश्वकपको १२ औं सिजनमा शतक बनाउने पहिलो खेलाडी बने । उनले ९७ बलमा करियरको १५ औं एक दिवसीय शतक बनाएका हुन् । 

२, विश्वकपको इतिहासमा इंगल्याण्ड त्यस्तो टिम बनेको छ जसले एकै इनिङमा दुई शतक बनाएर पनि हार खानु पर्यो । जो रुट र जोस बटलरले शतक बनाएका थिए । 

३, पाकिस्तानी बलर वहाब रियाजले ७८७ दिनपछि एक दिवसीयमा पहिलो विकेट लिन सफल भए । वहाबले १० ओभरमा ८२ रन दिएर ३ विकेट लिएका थिए । 

४, विश्वकपको इतिहासमा अहिलेसम्म कुनै पनि टिमले दुई शतक बनाएर पनि खेल हारेको इतिहास थिएन । 

५, लगातार ६ खेलमा ३०० भन्दा बढी स्कोर बनाउने इंगल्याण्डले अष्ट्रेलियाको बराबरी गरेको छ । 

६, पाकिस्तानले लगातार ११ एक दिवसीय खेल हारेपछि पहिलो जित हासिल गरेको छ । यसअघि पाकिस्तानलाई इंगल्याण्ड र अष्ट्रेलियाले हराएका थिए । 

७, विश्वकपको इतिहासमा पहिलो पटक इंगल्याण्डका दुई खेलाडीले शतक बनाए । यसअघि इंगल्याण्डले एकै इनिङमा दुई शतक बनाएको थिएन । 

८, जोस बटलरले इंगल्याण्डका लागि सबैभन्दा कम बलमा शतक बनाउने कीर्तिमान बनाए । उनले ७५ बलमा सय रन बनाएका थिए । 

९, पाकिस्तानी खेलाडी सोएब मल्लिकले विश्वकपमा १२ वर्ष ७४ दिनपछि पहिलो पटक खेल्न पाए । सोएबले सन् २००७ को विश्वकपमा खेलेका थिए । सबैभन्दा लामो अन्तरालमा विश्वकप खेल्ने उनी दोस्रो खेलाडी बनेका छन् । 

१०, इंगल्याण्डका खेलाडी क्रिस वोक्सले चार क्याच गरेका छन् । एकै खेलमा चार क्याच पकड्ने उनी इंगल्याण्डका पहिलो तथा विश्वकपका चौथो खेलाडी बनेका छन् । उनले ३ विकेट समेत लिएका थिए । एकै खेलमा ३ विकेट र ४ क्याच गर्ने उनी विश्वकै एक्ला खेलाडी हुन् । 

११, पाकिस्तानले ८ विकेटको नोक्सानीमा ३४८ रन बनायो । यो विश्वकपको त्यस्तो एक्लो स्कोर हो जहाँ कसैले पनि शतक नहानेको होस्



मङ्गलबार २१, जेठ २०७६ ०१:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.