लिभरपुलको अग्रपंक्तिलाई रोक्दै रक्षापंक्तिलाई छेड्नु स्पर्सको चुनौती

Yugnepal     975 पटक पढिएको    

लिभरपुलको अग्रपंक्तिलाई रोक्दै रक्षापंक्तिलाई छेड्नु स्पर्सको चुनौती

 


काठमाडौं। युरोपियन फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता च्याम्पियन्स लिगको फाईनल खेलमा ईङ्लिस टोलीद्वय लिभरपुल र टोटेनह्याम हटस्पर्स भिड्दैछन्।

स्पर्सको यो पहिलो च्याम्पियन्स लिग फाईनल हो भने लिभरपुलले यो प्रतियोगिता पाँच पटक जितिसकेको छ। गत बर्ष पनि फाईनल पुगेको लिभरपुल स्पेनी क्लब रियाल मड्रिडसँग पराजित भएको थियो। लगातार लिभरपुल दुई बर्ष फाईनलमा पुगेर पराजिन हुन नहुने फुटबल प्रशंसकहरुको तर्क रहेको छ। खेलमा यस्तै हुन्छ भनेर ठोकुवा गर्न सकिन्न अन्तिम नतिजा नआएसम्म यस्तै भन्न सकिन्न।

प्रिमियर लिगमा पनि १ अंकले उपाधि नजितेको लिभरपुलले यो सिजन राम्रो फुटबल खेलेको छ। स्पर्सले पनि यो सिजन प्रिमियर लिगमा चौथो स्थान हासिल गरेको छ। प्रिमियरलिगमा लिभरपुलले स्पर्सलाई २ खेलमा दुवै खेलमा २(१ गोल अन्तरले पराजित गरेको थियो। तर खेलमा हरेक नयाँ दिन नयाँ खेलका रुपमा लिईन्छ । पुराना खेलहरु रेकडमा मात्र राम्रा देखिन्छन्। खेलको समयमा जस्ले राम्रो खेल्यो उल्ले जित्ने खेलको साधारण नियम रहने गरेको छ।

सेमीफाइनलमा दुवै टोलीले असंभव प्राय खेलहरु जितेर आएका हुन्। त्यसैले दुवै टोलीको मनोबल उच्च रहेको अनुमान लगाउन सकिन्छ । दुवै टोलीले आफ्नो फुटबल जिवनको संभवतस् सबैभन्दा राम्रो खेल सेमीफाईनको दोस्रो चरणमा पस्केका हुन्।

लिभरपुलेल बार्सिलोनालाई पाखा लगाएको हो भने स्पर्सले नेदरल्याण्डको क्लब अयाक्सलाई पाखा लगाएको हो । बार्सिलोना आफैमा विश्वमा बलियो क्लबका रुपमा परिचित रहेको छ। लियोनल मेस्सी रहेको टोली बार्सालाई पराजित गर्नु भनेको आफैमा कुनै उपाधि जितेको बराबर मानिन्छ । यसैगरि अयाक्सले यो सिजनमा राम्रो प्रदर्शन गर्दै सेमीफाईनल प्रवेश गरेको थियो।

लिभरपुलले पहिलो चरणमा ३(०ले पराजित भए पनि दोस्रो चरणमा ४(०ले बार्सिलोनालाई पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो। त्यसैगरि स्पर्सले अयाक्ससँग पहिलो चरणमा १(०को पराजय ब्योहोरेको र दोस्रो चरणमा पहिलो गोल खाँदै लगभग आफ्नो फाईनल यात्रा सक्काईसकेको अवस्थामा लुकास मौराको ह्याट्रिकले फाईनल प्रवेश गरेको हो ।

यसरी आफ्ना राम्रा खेल पस्केर आएका टोलीहरु मध्य यस्ले जित्छ भनेर भन्न सकिने अवस्था छैन। युरोपको सबैभन्दा ठुलो प्रतियोगिताको फाईनल खेलमा उक्त दिन कल्ले राम्रो खेल्छ उल्ले जित्ने छ । दुवै टोलीको उत्साहा राम्रो रहेको छ ।

लिभरपुलका लगि राम्रो खेलिरहेका भान डाईक, रोबर्टसन, अलेकजेण्डर आर्नोल्ड, सलाह, फर्मिनो, माने र एलिसनले आफ्नो प्रदर्शनलाई कायम राखिराकेमा लिभरपुलको संभावना बढी देखीन्छ । स्पर्सका सन, लुकास मौरा, ट्रिपियरको प्रदर्शनमा भर पर्ने छ।

ह्यारी केन खेल्ने वा नखेल्ने टुंगो लागिसकेको छैन्। सायद उनी खेल्नेछन। घाईते रहेका फर्मिनो पनि खेल्नलाई तयार रहेको लिभरपुलले जनाएको छ।

लिभरपुलको अग्रपंक्तिलाई रोक्न सकेन भने स्पर्सको संभावना न्युन देखिन्छ । स्पर्सले जित्नका लागि लिभरपुलको अग्रपंक्तिलाई रोक्नु अनिवार्य हुन जान्छ । रक्षापंक्तिलाई तोड्न त स्पर्सलाई हम्मे नै पर्ला । खेलको दिनमा राम्रो खेल्ने टोलीले  जित्ने साधारण फर्मुला छ । यो फर्मुला बाहेक अरु कुनै फर्मुला खेलमा काम लाग्दैन ।



शनिबार १८, जेठ २०७६ ०२:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal