१० लाखभन्दा बढी मूल्यको अवैध औषधीसहित दुई जना पक्राउ

युग संवाददाता     433 पटक पढिएको    

१० लाखभन्दा बढी मूल्यको अवैध औषधीसहित दुई जना पक्राउ

 

धनगढी । सशस्त्र प्रहरी बल नेपाल नं।३४ गण कैलालीले १० लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध औषधीसहित दुई जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीले धनगढी उप–महानगरपालिका–७ मोतिचोक क्षेत्रमा सोमबार दिउँसो भारतबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।


पक्राउ पर्नेमा कैलारी गाउँपालिका–५ पवेराका ३० वर्षीय मनोज कुमार चौधरी र गौरीगंगा नगरपालिका–१० उदासीपुरका २६ वर्षीय खेमराज चौधरी रहेका छन्। उनीहरूबाट औषधीसहित एक वटा मोटरसाइकल समेत बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।


बरामद गरिएको औषधीको मूल्य रु १० लाख ६५ हजार १८५ बराबर हुने बताइएको छ। पक्राउ परेका व्यक्तिसहित बरामद औषधी र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले कैलाली भन्सार कार्यालय धनगढीमा बुझाएको छ



बुधबार ११, भदौ २०८२ ०७:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal