सुदुरपश्चिम प्रदेशको पहिलो "नायक" अम्बिका प्रसाद आचार्य लाई पुरस्कार सहित प्रज्ञा प्रादेशिक प्रतिभा श्रष्टा सम्मान

युग संवाददाता     1148 पटक पढिएको    

सुदुरपश्चिम प्रदेशको पहिलो  "नायक" अम्बिका प्रसाद आचार्य  लाई पुरस्कार सहित प्रज्ञा  प्रादेशिक प्रतिभा श्रष्टा सम्मान

 

  धनगढी बिगत तीन दशकदेखि निरन्तर रूपमा कला तथा संस्कृति क्षेत्रमा सक्रिय रहनुभएका अम्बिका प्रसाद आचार्यलाई प्रज्ञा प्रादेशिक प्रतिभा सम्मान–२०८१ प्रदान गरिएको छ।

२१२ औं आदिकवि भानु जयन्तीको अवसर पारेर सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले हिजो आयोजना गरेको  समारोहमा आचार्यलाई उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काले उहाँलाई प्रशंसापत्रसहित पुरस्कार प्रदान गर्नुभयो।

धनगढी उपमहानगरपालिका–२ मा बसोबास गर्दै आउनु भएका आचार्य विगत तीन दशकभन्दा बढी समयदेखि नाट्यकला तथा चलचित्र क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएका छन्। कला, साहित्य र संस्कृतिको अभिवृद्धिमा उहाँले पुर्‍याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रतिष्ठानले यस वर्षको प्रादेशिक प्रतिभा सम्मान उहाँलाई प्रदान गरेको जनाएको छ।



सोमबार ३०, असार २०८२ १२:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal