धनगढी: कैलालीकाे धनगढी उपमहानगरपालिकाले दुई जना सामुदायिक स्वास्थ्य स्वयं सेविकालाई जनही एक लाखसहित सम्मानित गर्दै बिदाइ गरेको छ।
पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा आइतवार स्वयं सेविकाहरूलाई सम्मानित गरिएको हो।
धनगढी-५ मा २०५९ सालदेखि महिला सामुदायिक स्वास्थ्य स्वंय सेविकाको रुपमा कार्यरत तारा देवी शर्माले उमेरहदका कारण पदबाट राजीनामा दिएकी हुन्। शर्माले ६० वर्ष पुगेकाले आमा समूहबाट राजिनामा स्वीकृत गरी सम्बन्धित स्वास्थ्य संस्थाको सिफारिससहित आवश्यक कागजात पेश भएकाले महिला सामुदायिक स्वास्थ्य स्वंय सेविका कार्यक्रम सञ्चालन कार्यविधि, २०८० को दफा १० बमोजिम एक लाख नगदसहित सम्मानजनक बिदाइ गरिएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए|
यस्तै, वडा नम्बर २ का महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका जया शर्माले पनि अवकाश लिएकी छन्।
प्रतिकृया दिनुहोस