प्रिमियर लिगमा एस्टन भिल्लाको बढुवा

खेलकुद

Yugnepal     871 पटक पढिएको    

प्रिमियर लिगमा एस्टन भिल्लाको बढुवा

प्रिमियर लिगमा एस्टन भिल्लाको बढुवा 
काठमाडौं । एस्टन भिल्ला पुनः इंगलिश प्रिमियर लिग फुटबलमा फर्किएको छ । च्याम्पियनसिपको प्लेअफ फाइनलमा डर्बी काउन्टीलाई हराउँदै एस्टनले प्रिमियर डिभिजनमा ठाउँ पाएको हो ।
एस्टन भिल्लाले डर्बी काउन्टीलाई २–१ ले पराजित गर्यो । एस्टनलाई तीन वर्षपछि प्रिमियर लिगमा फर्काउनका लागि अनवर अलघाजी र जोन म्याक्गिनले एक–एक गोल गरे ।
पराजित टोली डर्बीका मार्टिन वागनले एक गोल गरे । 
च्याम्पियनसिपमा यसअघि शीर्ष दुई स्थान बटुल्दै नरिच सिटी र सेफिल्ड वेनस्डे प्रिमियर डिभिजनमा बढुवा भइसकेका थिए । 
प्रिमियर लिगबाट कार्डिफ सिटी, फुल्हम र हडर्सफिल्ड टाउन रेलिगेशनमा पर्दा एस्टन, नरिच र सेफिल्डको प्रोमोशन भएको हो । 
एस्टन भिल्लाको म्यानेजरमा जोन टेरी र डर्बीको म्यानेजरमा फ्रयांक लम्पार्ड थिए । 



मङ्गलबार १४, जेठ २०७६ १२:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.