कैलाली बहुमुखी क्याम्पले अन्तरास्ट्रिय  अनुसन्धान सम्मेलन गर्ने

युग संवाददाता     457 पटक पढिएको    

कैलाली बहुमुखी क्याम्पले अन्तरास्ट्रिय  अनुसन्धान सम्मेलन गर्ने

 

धनगढी धनगढी स्थित कैलाली बहुमुखी क्याम्पमा शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञानमा उदीयमान अनुसन्धान प्रवृत्तिहरू सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन” आयोजना हुने भएको छ । शिक्षा, नवप्रवर्तन र व्यवसाय मार्फत समाजलाई सशक्त बनाउने उद्देश सहित फागुन १५ र १६ गते अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुन लागेको सम्मेलनका सयोजक मोहन शिहं साउदले बताए 

सम्मेलनमा विभिन्न १२ वटा विषयमा छलफल हुने  साउदले जानकारी दिए । सम्मेलनमा त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्य(पश्चिम विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, गंगा एस स्कूल, अमर ज्योति विद्यालय, थकाली आर सेन्टर लगायतका नेपाली बिश्वबिद्धालय एवं शैक्षिक सस्थाको प्रस्तुति रहने साउदले जानकारी दिए । सम्मेलनमा २६ वटा बिदेशि बिश्वबिद्धालयका प्रबुद्ध ब्याक्तीहरुको सहभागीता रहने छ ।


अलीगढ मुस्लिम विश्वविद्यालय, एमिटी विश्वविद्यालय, अन्नासाहेब डांगे कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, भारत लगायत बिश्वबिद्धालयका बौद्धिक ब्यक्ति सहभागी हुने छन् ।
नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, मोरक्को, तान्जानिया, अष्ट्रेलिया, थाइल्याण्ड र जापानबाट सम्मेलनमा सहभागी हुन विभिन्न बौद्धिक ब्यक्तिहरु धनगढी पुगेको सयोजक साउदले जानकारी दिए ।



मङ्गलबार १३, फागुन २०८१ ०१:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal