जुम्लामा चट्याङले मरे ५० बढी भेडा

युग संवाददाता     272 पटक पढिएको    

जुम्लामा चट्याङले मरे ५० बढी भेडा


धनगढी । जुम्लामा चट्याङ लागेर ५० वटाभदा बढी भेडा मरेका छन्। गए राति दुई ठाउँमा चट्याङले ५० वटाभन्दा बढी भेडा मरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी छेदीलाल कमातीले जानकारी दिए।

उनकाअनुसार तातोपानी गाउँपालिका वडा नम्बर ४ लामाचौर पाटनमा १२ वटा भेडा मरेको खबर प्राप्त भएको हो। त्यसैगरी पातारासी गाउँपालिका वडा नम्बर २ तनेपाटनमा पनि ५२ वटा भेडा मरेको प्रहरीले जनाएको छ।

यसबारे बुझ्न प्रहरी घटनास्थलतर्फ गइरहेको छ। प्रहरी चौकीबाट घटनास्थल टाढा रहेको हुँदा प्रहरीको टोली अहिलेसम्म पुग्न नसकेको हो। यसबारे विस्तृत विवरण पछि आउने डिएसपी कमातीले बताए।



आइतबार १६, भदौ २०८१ ०१:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal