हरियाली धनगढी कार्यक्रम अन्तर्गत  एकै दिनमा  १८ सय बिरुवा रोपियो

युग संवाददाता     398 पटक पढिएको    

हरियाली धनगढी कार्यक्रम अन्तर्गत  एकै दिनमा  १८ सय बिरुवा रोपियो

 

धनगढी – हरियाली धनगढी कार्यक्रम अन्तर्गत शनिबार धनगढीमा एकै पटक करिब १८ सय बिरुवा रोपिएको छ। पर्यावरण संरक्षणका लागि एकै पटक यति ठुलो संख्यामा बृक्षारोपण गरेको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताए। उनले बढ्दो सहरीकरणका कारण वातावरण प्रदुषण बन्दै गएकाले स्वच्छ वातावरण कायम राख्न बृक्षारोपण गरिएको बताए

धनगढीको क्याम्पस चोकदेखि मनेहरा कालिका मन्दिरसम्मको सडकको बीचभागमा वृक्षारोपण गरिएको हो। नगर उपप्रमुख कन्दकलाकुमारी रानाले वृक्षरोपणको उद्घाटन गरेकी हुन्।

वृहत् वृक्षारोपण गर्न विभिन्न वडा वडा अध्यक्ष, सदस्यहरू, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, पतञ्जलि योग समूह तथा सर्वसाधारणको सहभागिता थियो।



शनिबार २२, असार २०८१ ११:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal