पहिरोले बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध

युग संवाददाता     227 पटक पढिएको    

पहिरोले बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध

 

धनगढी। लगातारको वर्षासंगै मंगलबार राति खसेको पहिरोले बभाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण दुई ठाउँमा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार छविसपाथीभेरा गाउँपालिकाको जालेबगर र जयपृथ्वी नगरपालिकाका तमैलमा राजमार्ग अवरुद्ध भएको छ ।


पहिरो पछ्याउन डोजर तयारी अवस्थामा राखिएको भएपनि लगातारको वर्षाका कारण समस्या भएको छ । राजमार्ग अवरुद्ध भएपछि बझाङ भित्रिने र छुट्ने सवारीसाधन अलपत्र परेका छन् ।



बुधबार १९, असार २०८१ ०६:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal