धनगढी / धनगढी उपमहानगरलाई हराभरा बनाउने अभियान अन्तर्गत तेस्रो चरणको हरियो प्रवद्र्धन कार्यक्रम सुरु भएको छ।
धनगढी उपमहानगरपालिका–१ हुलाकी सडक खण्डमा विरुवा रोपेर कार्यक्रमको प्रारम्भ गरिएको छ। वडा नम्बर १ का वडाअध्यक्ष सन्तोष मुडभरीले आज तेस्रो चरणको खण्ड ‘घ’ मा विरुवा रोपेर हरियो, सफा र सुन्दर वडा बनाउने कार्यको प्रारम्भ गरेका हुन्।
धनगढी उपमहानगरपालिकाका अनुसार तेस्रो चरणको हरियो प्रवद्र्धन कार्यक्रममा पाँच हजार पाँच सय बढी विभिन्न प्रजातीका बोट रोप्ने लक्ष्य लिइएको छ। धनगढी विमानस्थल जोड्ने सडक तथा वडा नम्बर १३, चक्रपथ र वडा नम्बर २ देखि वडा १४, फूलबारीसम्मको हुलाकी सडकको दुवै किनारामा ठूलो परिमाणमा वृक्षारोपण गर्ने कार्यक्रम रहेको छ। तेस्रो चरणको हरियाली प्रवद्र्धन अभियानअन्तर्गत धनगढी विमानस्थलदेखि ६ लेन सडकसम्म चार सय ५० विरुवा लगाइने तयारी छ।
प्रतिकृया दिनुहोस