काकामाथि बन्दुक हान्ने डडेल्धुराका मगर पक्राउ

युग संवाददाता     489 पटक पढिएको    

काकामाथि बन्दुक हान्ने डडेल्धुराका मगर पक्राउ

धनगढीः डडेल्धुरामा बन्दुकसहित एक जना पक्राउ परेका छन्। जिल्लाको आलिताल गाउँपालिका–२ खोलेखरका २८ वर्षीय डम्बर बहादुर थापा मगर एकनाले भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।
मगरले मादक पदार्थ सेवन गरी आफ्नै काका नाता पर्ने ५१ वर्षीय रमेश थापासँग वादविवादको क्रममा भरुवा बन्दुक फायर गरेका थिए। प्रहरी चौकी गाङ्खेत र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ। प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको छ।



आइतबार ०६, जेठ २०८१ ०१:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal