कञ्चनपुरबाट दुई जना लागुऔषधसहित पक्राउ

युग संवाददाता     480 पटक पढिएको    

कञ्चनपुरबाट दुई जना लागुऔषधसहित पक्राउ

 

कञ्चनपुर। कञ्चनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट लागूऔषध २६ थान फेनारगन र २६ थान बुप्रेनोरफिनसहित दुई जना पक्राउ परेका हुन्।

भीमदत्त नगरपालिका–४ का २० वर्षीय चक्र सुनारसहित दुई जनालाई शनिबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले दुबै जनालाई भारतबाट नेपाल आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।



आइतबार ०९, बैशाख २०८१ ०५:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal