कञ्चनपुरमा १ किलो ५४ ग्राम चरेससहित २ जना पक्राउ

युग संवाददाता     445 पटक पढिएको    

कञ्चनपुरमा १ किलो ५४ ग्राम चरेससहित २ जना पक्राउ

 


कञ्चनपुर। कञ्चनपुरको भीमदत्तबाट लागु औषध चरेस सहित २ जना पक्राउ परेका छन्।

कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर ४ को होटल शिव शक्तिबाट बझाङ केदारस्यु गाउँपालिका ६ का ३४ बर्षिय गोविन्द धामी र रुकुम सानीभेरी गाउँपालिका ३ का ३४ वर्षीय गोपाल पुन पक्राउ परेका हुन्।

प्रहरीले उनीहरुको साथबाट १ किलो ५४ ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरी स्रोतका अनुसार रुकुमबाट आयात भएर उक्त चरेस भारत पठाइने गरिएको छ। पक्राउ परेकाहरूलाई आज मंगलबार वरिष्ठ सई केशव जोशी नेतृत्वको लागुऔषध व्युरो महेन्द्रनगरको टोलीले दुबैलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका माथी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



बुधबार २१, चैत २०८० ०४:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal