टीकापुरबाट लागुऔषध सहित तीन जना पक्राउ

युग संवाददाता     111 पटक पढिएको    

टीकापुरबाट लागुऔषध सहित तीन जना पक्राउ


धनगढी  कैलालीको टिकापुरबाट तीन युवक लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा बर्दिया राजापुर १० बस्ने सुवास गौतम परेका छन । गौतम ११० मिलिग्राम लागुऔषध सहित पक्राउ परेका हुन् । इलाका प्रहरी टीकापुरको टोलीले उनलाई कैलालीको टीकापुर नगरपालिका–८ श्रीलंकाबाट पक्राउ गरेको हो ।

यस्तै कैलालीको जानकी गाउँपालिका–७ का २० वर्षीय विनायक चौधरी र विक्रम ओड लागुऔषध सहित पक्राउ परेका छन् । उनीहरूको साथबाट ३०० मिलिग्राम लागुऔषध फेला परेको हो । इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले उनीहरूलाई शनिवार साँझ पक्राउ गरेको हो ।



मङ्गलबार २२, फागुन २०८० ०१:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.