१४ वर्षीया बालिकामाथि बलात्कार, ६० वर्षीय वृद्ध पक्राउ

युग संवाददाता     109 पटक पढिएको    

१४ वर्षीया बालिकामाथि बलात्कार, ६० वर्षीय वृद्ध पक्राउ

 


कैलाली /  कैलालीमा १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ परेका छन् । बिहीवार जिल्लाको टीकापुर नगरपालिका १ शक्तिनगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरी बालिका बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

िइलाका प्रहरी कार्यालय टीकापुरले चौधरीले ती नाबालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।



शुक्रबार १८, फागुन २०८० ०३:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.