कञ्चनपुरमा प्रहरीले एकैदिन समात्यो ७ मोटरसाइकल,भन्सार कार्यालय चलान

युग संवाददाता     60 पटक पढिएको    

कञ्चनपुरमा प्रहरीले एकैदिन समात्यो ७ मोटरसाइकल,भन्सार कार्यालय चलान

 

कञ्चनपुर। भन्सार छली गरी ल्याइएका सात मोटरसाइकल कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिका ७ हल्दुखालबाट बरामद गरेको छ ।

बरामद गरिएका ७ वटा मोटरसाइकल प्रहरीले भन्सार पठाएको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले आवश्यक कारबाहीका लागि ६ लाख ४० हजार मूल्यका सात वटा मोटरसाइकल भन्सार पठाएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बरामद मोटरसाइकल भन्सार कार्यालयलाई चलान गरिएको बताए ।



बुधबार १६, फागुन २०८० ०५:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.