कञ्चनपुरबाट २ लाख  तस्करीको सामान बरामद

युग संवाददाता     485 पटक पढिएको    

कञ्चनपुरबाट २ लाख  तस्करीको सामान बरामद

 


कञ्चनपुर। कञ्चनपुरबाट प्रहरीले तस्करीको सामान जफत गरेको छ। भीमदत्त नगरपालिका–१० भुजेलाबाट भन्सार छलिका अन्दाजी १ लाख ५७ हजार २ सय मुल्य बराबरको किरानाका सामान, कस्मेटिकका सामान,साईकलको टायर,खेलौना,दुध पाउडर, तेल लगायतका सामान बरामद गरेको प्रहरीले जनाएको छ।

यस्तै पुनर्वास नगरपालिका–११ जानकीटोलबाट अन्दाजी ७७ हजार ८ सय मुल्य बराबरका लेडिज कपडा, मखमलको काँचो कपडा, साडी, बिडी, सुर्ती, प्लाष्टिक झिल्ली लगायतका सामान बरामद गरिएको छ।
आज ९आइतवार० बिहान प्रहरी गस्ती टोलीले सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।



आइतबार १३, फागुन २०८० १२:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal