घोडाघोडीमा विद्युतीय धराप थाप्ने थप ३ जना पक्राउ

युग संवाददाता     413 पटक पढिएको    

घोडाघोडीमा विद्युतीय धराप थाप्ने थप ३ जना पक्राउ


धनगढी। कैलालीको घोडाघोडीमा विद्युतीय धराप थाप्ने थप ३ जना पक्राउ परेका छन्। कैलालीको घोडाघोडी नगरपालिकाको जङ्गलमा विद्युतीय धराप थाप्ने थप ३ जना सोमवार पक्राउ परेका हुन्।


पक्राउ पर्नेमा घोडाघोडी–४ बस्ने ४९ वर्षीय जितबहादुर चौधरी, ३८ वर्षीय सुधराम चौधरी र घोडाघोडी(५ बस्ने ४० वर्षीय राजकुमार चौधरी रहेका छन्। उनीहरूले जंंगली जनावरको सिकार गर्न गत माघ १० गते स्थानीय तुलसीपुर सामुदायिक वनमा थापेको धरापमा परि घोडाघोडी–१० का धनबहादुर शाहीको ज्यान गएको थियो भने मोहन्याल गाउँपालिका–३ का दुर्गा खत्री घाइते भएका थिए।


घटनामा संलग्न घोडाघोडी–४ का मनीराम चौधरीलाई सुखड प्रहरीले यस अघि नै पक्राउ गरेको थियो। मनीराम माथि मुद्दा चलिरहेको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले घटना अनुसन्धानमै रहेको बताए।



मङ्गलबार ०८, फागुन २०८० ०४:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal