एमाले कैलालीको जिल्ला अधिवेशन आज ,अध्यक्ष ओलीले उद्घाटन गरदै

युग संवाददाता     641 पटक पढिएको    

एमाले कैलालीको जिल्ला अधिवेशन आज ,अध्यक्ष ओलीले उद्घाटन गरदै

धनगढी। नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आज कैलालीको सुखडमा सुरु हुँदै छ। आइतवार एमाले अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


बर्दगोरिया गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन पछि एमाले अध्यक्ष ओलीले जिल्ला अधिवेशन उद्घाटन गर्ने छन् । जिल्ला अधिवेशनको लागि अध्यक्ष ओली आजै काठमाडौँबाट आउँदै छन् ।आज र भोली हुने अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने जनाइएको छ । जिल्लाको नेतृत्व लिन तीन पक्षबिच आन्तरिक सङ्घर्ष चलिरहेको छ । जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न एमालेका तीन केन्द्रीय नेताहरू लबिङ गरिरहेका छन् ।


आजबाट सुरु हुने कैलाली जिल्ला अधिवेशनका लागि मुख्यतया त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ। अध्यक्ष पदका लागि यज्ञराज ढुङ्गाना, दुर्गा जोशी र डेजी पाण्डे गरी तीन जनाले दाबी गरेका छन् । ढुङ्गाना पूर्व प्रदेश कमिटी सचिवालय सदस्य हुन् भने जोशी कैलालीको कार्यवाहक अध्यक्ष र पाण्डे सचिव हुन् ।
उपाध्यक्षमा लोकेन्द्र शाही, मनराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा गरी ८ जनाले दाबी गरेका छन् । सचिवमा ममताप्रसाद चौधरी, हितेस ओझा, विष्णु चन्द, कमलबहादुर राना, चूडामणि भट्ट, आनन्दप्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्रबहादुर रावल, द्वारिका न्यौपाने, विष्णुबहादुर चौधरी, वक्तबहादुर शाही र भीष्मराज सुवेदी गरी सचिवमा १२ जनाले उम्मेदवारी दिने तयारीमा छन् । २ पदको उपसचिवमा ३० जनाले दाबी गरेका छन् ।



आइतबार ०६, फागुन २०८० ०६:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal