एक ब्यक्तीले गरे मामाको छोरामाथि बन्चरो प्रहार

युग संवाददाता     391 पटक पढिएको    

एक ब्यक्तीले गरे मामाको छोरामाथि बन्चरो प्रहार


कञ्चनपुर। कञ्चनपुरमा एक ब्यक्तीले आफ्नै मामाको छोरामाथि बन्चरो प्रहार गरेका छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा आफ्नै मामाको छोरालाई बन्चरो प्रहार गरेर ४० वर्षीय रुद्रे भुल फरार भएका छन् ।


शनिवार राति जोरायल टोलमा आफ्नै मामाको छोरा डम्मरे भुललाई बन्चरो प्रहार गरेर रुद्रे फरार भएका हुन्। ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीर बहादुर बुडाऐरका अनुसार डम्मरे भुलको अवस्था गम्भीर रहेको छ। उनको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। बन्चरो प्रहार गर्ने भुलको खोजी र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बुडाऐरले बताए ।



आइतबार २८, माघ २०८० ०३:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal