जर्मन बुन्डेसलिगा वायर्न म्युनिखलाई, लगातार सात पटक च्याम्पियन

खेलकुद

Yugnepal     976 पटक पढिएको    

जर्मन बुन्डेसलिगा वायर्न म्युनिखलाई, लगातार सात पटक च्याम्पियन

जर्मन बुन्डेसलिगा वायर्न म्युनिखलाई, लगातार सात पटक च्याम्पियन


काठमाडौं । जर्मन बुन्डेस लिगा फुटबलको उपाधि वायर्न म्युनिखले जितेको छ । लगातार सात पटक यो उपाधि जित्दै कीर्तिमान रच्ने क्रममा म्युनिखले अन्तिम खेलमा इन्ट्राच फ्रान्कफर्टलाई ५–१ गोल अन्तरले हरायो । 


घरेलु मैदानमा खेलेको म्युनिखलाई जिताउन किंग्सले कोम्यान, डेभिड अल्बा, रेनाटो सान्चेज, फ्रान्क रिबेरी र आर्जेन रोबेनले १–१ गोल गरे । सेबास्टियन हाल्लरले सान्त्वना गोल फर्काए ।


म्युनिखले ३४ खेलबाट ७८ अंक सहित उपाधि जितेको हो । दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ७६ अंक रह्यो । अन्तिम खेलमा बोरुसियाले बोरुसिया मोन्चेनग्लाडवाचलाई २–० गोल अन्तरले हरायो ।

६६ अंकबाट तेस्रो स्थानमा रहेको लेप्जिग भने वेडर ब्रेमेनसंग २–१ गोल अन्तरले पराजित भयो ।  



आइतबार ०५, जेठ २०७६ ०५:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.