स्याउलेमा  शिवशक्ति कप फुटबल प्रतियोगिता हुने

युग संवाददाता     128 पटक पढिएको    

स्याउलेमा  शिवशक्ति कप फुटबल प्रतियोगिता हुने

 

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउलेमा आउँदो फाल्गुन ८ गतेदेखी तेस्रो शिवशक्ति कप फुटबल प्रतियोगिता हुने भएको छ । शिवशक्ति युवा क्लबले वडा स्तरीय खुल्ला शिवशक्ति कप फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको हो । आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताबारे जानकारी गराएको हो ।

प्रतियोगिताको मुख्य प्रर्वद्धकमा वडा नम्बर ८ रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै क्लबका उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक रमेश साउँदले प्रतियोगिताका विजेताले नगद ५० हजार सहित,ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिने बताए । प्रतियोगितामा द्धितिय स्थान हाँसिल गर्ने टिमलाई २१ हजार नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको संयोजक साउँदले बताएका छन् ।

प्रतियोतिामा करिब ५ लाख रुपैया खर्च हुने आयोजकले अनुमान गरेको छ । स्याउले बजार नजीकै रहेको क्लबको खेल मैदानमा हुने उत्त प्रतियोगिताको टिम दर्ता शुल्क तिन हजार पाँच सय रुपैया लाग्नेछ । स्थानीय स्तरमा रहेका खेलाडीहरुको क्षमता प्रस्फुटन गराई खेलाडी उत्पादन गर्ने उदेश्यसहित प्रतियोगिताको आयोजना गर्न लागिएको क्लबका अध्यक्ष भुवन बोगटीले बताएका छन् ।

तीन वर्षदेखी निरन्तर रुपमा हुँदै आएको उत्त प्रतियोगितालाई आगामी वर्षहरु पनि निरन्तरता दिँदै जाने योजना रहेको उनले बताए । त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै गोावरी नगरपालिका वडा नम्बर ८ का सदस्य चन्द्र बिसीले वडा भित्र रहेका क्लबहरुलाई क्रमागत रुपमा सहयोग गर्ने क्रममा यसवर्षको खेल क्षेत्रको १ लाख बजेट शिवशक्ति युवा क्लबलाई प्रदान गरिएको बताएका छन् ।

भौतिक विकासलाई मात्रै विकास ठान्ने प्रवृति पछील्लो समय हाबि भएको भन्दै उनले यस्ता खालका मानविय विकासलाई पनि प्राथमिकतामा राख्न आवश्यक भएको बताए । खेल मानव स्वास्थ्यकालागि पनि महत्वपुर्ण भएको बताउँदै बिसीले एक उत्कृष्ट खेलाडीले देशकै उज्वल गर्न सक्ने क्षमता राख्ने बताए । उनले खेलमा सहभागी हुने सबै खेलाडीहरुलाई अनुशासित भएर खेलखेल्न आग्रह गर्दै खेल विवाद रहित तरिकाले खेलाउन आयोजकलाई आग्रह गरे ।



मङ्गलबार २३, माघ २०८० १०:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.