चेत राज ओझा
धनगढी जेठ ५ / पूर्व राजा ज्ञानेन्द्र शाहले सुदुरपश्चिम प्रदेशको धनगढीमा मा जेठ ६ गते हुने भनिएको नागरिक अभिनन्दन कार्यक्रम स्थगित भएकोे छ । धनगढीमा आज नागरिक अभिनन्दको सचिवालयले पत्रकार सम्मेलन मार्फत मुल आयोजक समितिका संयोजक जयन्त चन्दले पत्रकार सम्मेलनमा बताए । विषेश सुरक्षा कारण देखाइ मुल आयोजक समितिले ६ गते गर्ने पुर्व राजा ज्ञाानेन्द्र शाहको नागरिक अभिननदन गर्ने कार्यक्रम स्थगित गरेको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
सचिवालयले भने आन्तरिक कार्यक्रम भने यथावत राख्ने बताएको छ । छिट्टै अर्को कार्यक्रमका लागी सुचना जारी गर्ने संयोजक चन्दले बताए । स्थगित कार्यक्रमबाट आम जनसमुदायमा पर्न गएको असर प्रति आयोजकले क्षमायाचना गरेको छ ।
प्रतिकृया दिनुहोस