लम्कीबाट लागुऔषधसहित एक जना पक्राउ

युग संवाददाता     418 पटक पढिएको    

लम्कीबाट लागुऔषधसहित एक जना पक्राउ


धनगढी। कैलालीको लम्कीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। कैलालीको लम्कीचुहा नगरपालिका ३ ब्यवस्थितनगरबाट जोशीपुर गाउँपालिका ७ का २१ बर्षिय अमृत चौधरी लागुऔषध खैरो हेरोईनसहित पक्राउ परेका हुन्।

शुक्रबार साढे ९ बजे राती ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिडीरहेका चौधरीको साथबाट ३ ग्राम ३ सय ४० मिलिग्राम लागु औषध (खैरो हेरोईन) बरामद गरेको हो। कालो रङको जिन्स हाप पाईन्टको बाँया खल्तिमा लागुऔषध (खैरो हेरोईन) लुकाई राखेको अवस्थामा भेटिएको हो। लागुऔषध खैरो हेरोईनसहित पक्राउ परेका चौधरीमाथी थप अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय लम्की कैलालीले जनाएको छ।



शनिबार २३, बैशाख २०८० ०१:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal