धनगढी उपमहानगरले  फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्ने

युग संवाददाता     239 पटक पढिएको    

धनगढी उपमहानगरले  फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्ने

 


धनगढी १८ / धनगढी उपमहानगरपालिकाले स्रोतमै वर्गीकरण गरेर फोहोरको व्यवस्थापन गर्ने भएको छ। कैलालीको धनगढी उपमहानगरपालिकाले स्रोतमै वर्गीकरण गरी फोहोर व्यवस्थापन र विसर्जन गर्ने भएको हो ।

उपमहानगरका प्रमुख गोपाल हमालले औपचारिक रुपमा आइतबारदेखि स्रोतमै वर्गीकरण गरेर फोहोरको व्यवस्थापन सुरु भएको बताए । मेयर हमालका अनुसार कुहिने, नकुहिने र सिसाजन्य तथा हानिकारक वस्तुहरु छुट्याएर फोहोर उठाउन सुरू गरिएको उनको भनाई छ। धनगढी उपमहानगरपालिकाले पहिल्यैबाट फोहोरको वर्गीकरण गरेपनि उक्त कार्य नियमित हुन सकेको थिएन ।

अब भने नियमित रुपमा स्रोतमै वर्गीकरण गरेर मात्रै फोहोर उठाइन उनले बताए । वर्गीकरण नभएको फोहोर अबदेखि नउठाउने उपमहानगरले जारी गरेको सूचनामा उल्लेख छ ।धनगढी उपमहानगरमा दैनिक २० देखि २५ टनसम्म फोहोर उठ्दै आएको छ । उपमहानगरको खानेपानी तथा सरसफाइ शाखा प्रमुख अशोक अवस्थीले मुख्य बजार क्षेत्र १ देखि ८ नम्बर वडा र १३ नम्बर वडा पर्ने बताए । त्यो क्षेत्रमा उपमहानगरले दैनिक फोहोर उठाइरहेको उनको भनाई छ।

अवस्थीले स्रोतमै फोहोर वर्गीकरण गर्नु अघि १५ हजार घरधुरीलाई वर्गीकरण सम्बन्धी टोल विकास संस्था मार्फत जनचेतनाको काम गरिएको बताए । सुरुको एक हप्ता हामीले फोहोरको स्रोत मै वर्गीकरणको बानी पार्न बार अनुसार उठाउने नभई दुइवटा गाडी र डष्टबिन लगेर उठाउँदै बताए । त्यसपछि बार तोक्ने अवस्थीले बताए । यसअघि काठमाडौं महानगरपालिका सहित विभिन्न स्थानीय तहले स्रोतमै वर्गीकरण गरेर फोहोर व्यवस्थापनको प्रयास गरेका थिए । तर कार्यान्वयनमा भने आउन सकेको छैन ।श्रोतमै फोहोरको वर्गीकरण गरेर फोहोरमैला व्यवस्थापनमा सहयोग पु¥याउन उपमहानगरले आग्रह समेत गरेको जनाएको छ।



सोमबार १८, बैशाख २०८० १०:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal