चेतराज ओझा
धनगढी / होटल व्यवसायी संघ कैलालीको अध्यक्षमा होटल क्रिस्टलका संचालक केशवदत्त पाण्डे सर्वसम्मत ढंगले चयन भएका छन् । शनिबार भएको संघको ३१ औं साधारण सभा तथा आठौं जिल्ला अधिवेशनबाट पण्डेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएका हुन् ।
संघको उपाध्यक्षमा होटल जलशाका संचालक दिपककुमार थापा क्षेत्री, महासचिवमा अवेश कुमार चन्द, सचिवमा प्रजापति जोशी, कोषाध्यक्षमा भक्तबहादुर थापा सर्वसम्मत चयन भएका छन् । यस्तै धर्मराज भट्ट, केशबहादुर बोहरा, केशव चन्द, कुलदीप ध्वज थापा, विष्णु केसी, करनसिंह कुडमाल, सोमराज सापकोटा, भीमबहादुर शाही, राकेश भट्ट र सुरेन्द्रबहादुर थापा सदस्यमा चयन भएका छन् ।
प्रतिकृया दिनुहोस