लागुऔषध चरेशसहित २ युवक पक्राउ

युग संवाददाता     566 पटक पढिएको    

लागुऔषध चरेशसहित २ युवक पक्राउ

 

धनगढी पुस  २२  कैलालीको धनगढीबाट लागुऔषध चरेशसहित २ जना युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका ९ भैशीघाट स्थित सीमा क्षेत्रमा नेपालबाट भारततर्फ जादै गरेको अवस्थामा लागुऔषध चरेशसहित २६ वर्षीय अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

धनगढी उपमहानगरपालिका ८ घर भएका चौधरीले चलाएको म १ प ६८४४ नम्बरको मोटरसाइकल चेकजाँच उनको साथमा ७ ग्राम ६८० मिलिग्रम चरेश बरामद गरिएको डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। मोटरसाइकलमा सवार अर्का २३ वर्षीय डेविट चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



शुक्रबार २२, पुष २०७९ ०७:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal