९ महिने सैन्य तालिम पुरागरेका सिपाहीलाई दिए बधाई तथा शुभकामना

Yugnepal     247 पटक पढिएको    

९ महिने सैन्य तालिम पुरागरेका सिपाहीलाई दिए बधाई तथा शुभकामना


धनगढी पुस२० सुदुरपश्चिम पृतनापती हेडक्वाटरका निमित्त पृतनापती सहायक रथी टंक प्रसाद भट्टले ९ महिने सैन्य तालिम पुरा गरेका सिपाहीलाई बधाई तथा शुभकामना ब्यक्त गरेका छन् । श्री नम्बर ५ बाहिनी अड्डा अन्तरगत देवीदल गणमा सञ्चालन भएको १० औँ सैन्य आधार तालिमको दिक्षान्त समारोह समापन कार्यक्रममा सिपाहीलाई बधाई तथा शुभकामना ब्यक्त गरेका हुन्।

निमित्त पृतनापती सहायक रथी भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा ९ महिने तालिम सफलतापुर्वक सम्पन्न गरी सिपाही दर्जामा नियुक्त हुने सैन्यहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै तालिम टोलीद्धारा प्रदर्शित कवाजको निरिक्षण समेत गराएका थिए। कार्यक्रममा बिभिन्न बिधाहरुमा उत्कृष्ट हुने ९९ जना सैन्यहरुलाई पुुरस्कृत गरिएको थियो।

यसरी पुरस्कृत हुने सैन्यहरुमा फायरिङ्गमा प्रथम हुने सिपाहीमा जनक सिंह बिष्ट, ड्रिलमा प्रथम हुने सिपाही सुनिल ठगुन्ना, बाधापारमा प्रथम हुने सिपाही पुष्कर ठगुन्ना र ५ किमी दौडमा प्रथम हुने सिपाही करणसिंह बोहरा तथा सैद्धान्तिक तथा व्यवहारिक दुबै तर्फ प्रथम भई सर्बोत्कृष्ट हुने सिपाही महेश सिँह धामी रहेका छन् । ९ महिना अवधिको सैन्य आधारभुत तालिम पुरा गरेका सिपाहीहरु अब नयाँ नियुक्त लिई बिभिन्न युनिटहरुमा खटिने बताइएको छ ।



बुधबार २०, पुष २०७९ १२:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal