धनगढी पुस १९ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता चयन गर्ने विषयमा प्रदेश कार्यालयमा छलफल भइरहेको छ । दलको नेता बन्नका लागि ७ जनाले दाबी गरेको सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाहले बताए ।
सर्वसम्मत गर्नका लागि सहमति हुन नसकेकाले सहमतिका लागि ७ जनाले दाबी गरेकाले आपसमा सहमति गर्न एकदिनको समय दिएको महामन्त्री शाहले बताए ।
दलको नेता छान्न सहमति नभए बुधवार नै चुनावी प्रकृयामा गई टुंगो लगाउने उनले बताए । प्रदेश सभा संसदीय दलको नेता बन्न प्रदेश महामन्त्री मेघराज खड्का , प्रकाश देउवा बहादुर थापा, दिवान सिं बिष्ट, मानबहादुर रावल, शिवराज भट्ट, र कमल शाहले पनि दाबी गरेका छन् ।
प्रतिकृया दिनुहोस