१३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

युग संवाददाता     494 पटक पढिएको    

१३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

 

धनगढी मंसिर २० /  कैलालीको गोदावरी नगरपालिकाकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ। मंसिर १८ गते गोदावरी नगरपालिका ९ को सेहरी जंगलमा बालिकामाथि सामूहिक बलात्कार भएको हो।


बलात्कारको आरोपमा सोही ठाउँका १९ वर्षीय बिनोद खत्री र २४ वर्षीय नविन चौधरी पक्राउ परेका छन्। मंगलबार उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रविन्द्रराज पाण्डेले बताए। 


बालिकाको स्वास्थ्य परिक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको छ। आरोपितलाई ईलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको पाण्डेले बताए।



मङ्गलबार २०, मङि्सर २०७९ ०३:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal